back
CTIZAN AD

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

वि.सं.२०८३ साउन २६ मंगलवार

141 

shares

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत पाउने भएका छन् ।

उक्त सेवाका लागि यहि अगस्त ९ का दिन एनआरएनए सेसेल्स रKalpani Medical Clinic बीच सम्झौता भएको हो ।

सेसेल्समा कार्यरत नेपाली समुदायको स्वास्थ्य सेवामा सहज पहुँच, सहुलियत तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सेसेल्स र उक्त मेडिकल क्लिनकबीच मेडिकल सेवा सम्बन्धी सम्झौता भएको छ ।

एनआरएनए सेसेल्सको पहल तथा नेपाली समुदायको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै गरिएको उक्त सम्झौताले सेसेल्समा कार्यरत नेपाली विभिन्न स्वास्थ्य सेवामा सहज पहुँच र विशेष मूल्यको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

General Medical Consultation
Specialist Consultation
Laboratory Investigations
X-Ray तथा Radiology Services
Physiotherapy Services
Doctor Consultation तथा Treatment
Pharmacy Products and Medications
आवश्यकताअनुसार विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवा

सम्झौतासँगै विभिन्न प्रयोगशाला परीक्षण, स्वास्थ्य जाँच, X-Ray, ECG, 2D Echo लगायतका सेवाहरूको विशेष दर समेत निर्धारण गरिएको छ।

 SAWA Pharmacy मा १०% सम्म विशेष छुट

सम्झौताको महत्वपूर्ण पक्षका रूपमा NRNA का आधिकारिक दर्ता सदस्यहरूलाई SAWA Pharmacy मा औषधि तथा सम्बन्धित सेवाहरूमा १०% छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यस सुविधाबाट संस्थाका सदस्यहरूले नियमित औषधि खरिदलगायतका आवश्यक स्वास्थ्यसम्बन्धी सेवामा प्रत्यक्ष लाभ लिन सक्नेछन् भने यस यस सुबिधाका लागि संस्थाको सदस्यता कार्ड देखाउनु पर्नेछ वा संस्थाका पदाधिकारीहरुलाई अग्रीम जानकारी गराउनु पर्ने छ।

 आपत्कालीन स्वास्थ्य सेवामा सहयोग

सम्झौताअनुसार Kalpani Medical Clinic ले आवश्यकताअनुसार २४ घण्टा Emergency Medical Assistance उपलब्ध गराउन उचित प्रयास गर्नेछ। आपत्कालीन अवस्थामा आवश्यक मेडिकल परामर्श, रेफरल, विशेषज्ञ वा अस्पताल सेवासँग समन्वय तथा उपलब्धताअनुसार आवश्यक सहयोग गर्ने व्यवस्था गरिएको छ।

 सदस्य तथा परिवारलाई समेत लाभ

सम्झौतामा सदस्य तथा उनीहरूका तत्काल परिवारका सदस्यहरूलाई स्वास्थ्य सेवामा विशेष तथा प्राथमिकतापूर्ण पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ। स्वास्थ्य परीक्षण तथा कल्याणसम्बन्धी कार्यक्रमहरू समेत दुवै संस्थाको सहकार्यमा आयोजना गर्न सकिने छ।

 नेपाली समुदायको हितमा महत्वपूर्ण पहल

एनआरएनए सेसेल्सले लामो समयदेखि सेसेल्समा कार्यरत नेपाली समुदायका आवश्यकता तथा समस्यालाई प्राथमिकतामा राख्दै आएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहज तथा सहुलियतपूर्ण सेवा उपलब्ध गराउने यो सम्झौता नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सम्झौताले नेपाली समुदायलाई आवश्यक पर्दा स्वास्थ्यसम्बन्धी परामर्श, परीक्षण, उपचार तथा औषधिमा सहज पहुँच पुर्‍याउनुका साथै स्वास्थ्यप्रति सचेतना र सहयोगको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौ।

“नेपाली समुदायको स्वास्थ्य, सुरक्षा र सहज सेवामा हाम्रो प्रतिबद्धता” भन्ने भावनाका साथ गरिएको यस सम्झौताले सेसेल्समा रहेका नेपाली समुदायबीच थप भरोसा र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरेका छौं।

एनआरएनए सेसेल्स ले यस सहकार्यका लागि Kalpani Health Clinic लाई धन्यवाद दिँदै आगामी दिनमा पनि सेसेल्समा रहेका सम्पूर्ण नेपाली समुदायको हित र सेवाका लागि विभिन्न संस्था तथा व्यवसायिक क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिनेछ।

“नेपाली समुदायको स्वास्थ्य, सुरक्षा र सहज सेवामा हाम्रो प्रतिबद्धता” भन्ने भावनाका साथ गरिएको यस सम्झौताले सेसेल्समा रहेका नेपाली समुदायबीच थप भरोसा र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ साउन २६ मंगलवार १७:३६ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...