back
CTIZAN AD

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

वि.सं.२०८३ साउन २६ मंगलवार

120 

shares

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन प्रमुख अथिती प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले दिप प्रज्वलन गरेर गरे ।

उद्घाटन समारोहको समापनसँगै पञ्चेवाजासहित संयुक्त रुपमा रिवन काटेर प्रदर्शनीको सुरुवात गरिएको थियो । उद्घाटन समारोहमा एक दर्जनभन्दा बढी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यवसायीक सवारीका साधनहरुको सार्बजनिक गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा पनि उत्साह देखिएको छ । प्रदर्शनीमा विद्युतीय सवारीहरुको बर्चस्व देखिएको छ । प्रदर्शनी यहि साउन ३१ गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
प्रदर्शनी विद्युतिय सवारीमय बन्दैगर्दा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीहरुको व्यवसाय भने संकटमा पर्ने देखिएको छ । यद्यपी, नेपालमा पहिलोपटक एसेम्बल गरिएको आधुनिक मोडलको सवारी हुण्डाईको नयाँ मोडल भने सार्वजनिक गरियो । जसलाई हेर्ने दर्शकहरुको संख्या उल्लेख्य थियो ।

अर्कोतर्फ नेपालमा विद्युतिय गाडी आयात गर्ने दुई वटा ठूला कम्पनी टाटा मोटर्स र विवाइडीले आफ्ना नयाँ मोडलका विद्युतिय गाडीहरु सार्वजनिक गरे । जसको सार्वजनिकरण नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले गरिन् ।
टाटा भने नाइमा मोविलिटि एक्सोमा पहिलोपटक सहभागी भएको हो भने विवाइडी नाइमाको संस्थापक सदस्य हो ।

वि.सं.२०८३ साउन २६ मंगलवार १७:५९ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...