back
CTIZAN AD

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

वि.सं.२०८३ साउन २६ मंगलवार

66 

shares

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटसम्बन्धी तीनबुँदे सहमति कार्यान्वयन गर्न पाँचबुँदे निर्देशन जारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा प्रदेश सरकार गठन, मन्त्रालय बाँडफाँटको आधार तथा प्रक्रियाबारे निर्देशन जारी गरेका हुन्।

निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानिनेछ। मन्त्रालय बाँडफाँट गर्दा पनि प्रदेशसभामा दलहरूको सदस्य संख्याको अनुपातलाई आधार बनाइनेछ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिने व्यवस्था गरिएको छ।

दुई दलबीच मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। जसअनुसार पहिलो मन्त्रालय छनोट गर्ने अधिकार मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले पाउनेछ। त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्नेछ। यसपछि यही क्रम पालैपालो दोहोर्‍याउँदै सबै मन्त्रालय बाँडफाँट गरिनेछ।

एमाले र नेकपाको सहकार्यबाट मात्रै सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने प्रदेशमा तेस्रो दललाई समेत सरकारमा सहभागी गराउन सकिने व्यवस्था गरिएको छ।

तेस्रो दललाई सहभागी गराउँदा सम्बन्धित दलहरूसँग आपसी समझदारीका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ। त्यसपछि बाँकी मन्त्रालयका हकमा पनि पालैपालो छनोट गर्ने प्रक्रियालाई आधार बनाइने निर्देशनमा उल्लेख छ।

दुवै दलले प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासको गति तीव्र बनाउन न्यूनतम साझा प्रतिबद्धता निर्माण गरी सार्वजनिक गर्ने भएका छन्। संघीयताको प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्दै प्रदेश सरकारले त्यही न्यूनतम साझा प्रतिबद्धताका आधारमा कार्यसम्पादन गर्ने व्यवस्था गरिएको छ।

एमाले र नेकपाबीच गत साउन ९ गते प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा भएको तीनबुँदे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पाँचबुँदे निर्देशन जारी गरिएको हो।

दुवै दलले आपसी समझदारीलाई थप सुदृढ गर्दै प्रदेश सरकार गठन, मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनमा सहकार्यलाई दिगो बनाउने उद्देश्यसहित अघि बढ्ने जनाएका छन्।

वि.सं.२०८३ साउन २६ मंगलवार २०:४८ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...