back
CTIZAN AD

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

वि.सं.२०८३ साउन २६ मंगलवार

54 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले दुई छिमेकी मुलुकका राजदूतसँग गरेको छुट्टाछुट्टै भेटलाई लिएर अतिरञ्जित ढङ्गले व्याख्या र विश्लेषण गर्न आवश्यक नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग गरेको भेटलाई सामान्य शिष्टाचार भेटका रूपमा लिनुपर्ने बताएका हुन्।

उनका अनुसार प्रधानमन्त्री नियुक्त भएलगत्तै बालेनले दुई छिमेकी मुलुकका राजदूतसँग सामूहिक भेटघाट गरेका थिए, जुन स्वाभाविक थियो। अहिले अनुकूल समयमा राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्नु पनि सामान्य कूटनीतिक अभ्यास भएकाले यसलाई ठूलो राजनीतिक घटनाका रूपमा प्रस्तुत गर्नु आवश्यक नरहेको थापाको भनाइ छ।

थापाले कतिपय आफूलाई विद्वान् तथा विश्लेषक ठान्ने व्यक्तिहरूले प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याएको, स्याबासी पाउनुपर्ने वा प्रशंसा गर्नुपर्ने भन्दै टिप्पणी गरिरहेकोप्रति समेत असन्तुष्टि जनाएका छन्। उनले यस्ता टिप्पणीलाई ‘हीन मानसिकताको परिणाम’ भनेका छ न्।

उनले राजदूतहरूले परराष्ट्रमन्त्रीलाई भेट्नु कुनै नौलो विषय नभएको उल्लेख गर्दै आवश्यकता र परिस्थितिअनुसार प्रधानमन्त्रीसँग भेट गर्नु पनि स्वाभाविक हुने स्पष्ट पारेका छन्।

“राजदूतले मन्त्रीरप्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,” थापाको भनाइ छ।

उनले सामान्य कूटनीतिक भेटघाटलाई अनावश्यक रूपमा राजनीतिक अर्थ लगाउँदै चर्चा–परिचर्चा गर्नुको सट्टा त्यसलाई नियमित कूटनीतिक प्रक्रियाका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। साथै राजदुतले मन्त्री/प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०८३ साउन २६ मंगलवार २०:३९ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...