back
CTIZAN AD

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

वि.सं.२०८३ साउन ३ आइतवार

66 

shares

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ। अमेरिकी सेनाले लगातार आठौं रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ भने इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी केन्द्रीय कमाण्ड(CENTCOM)  का अनुसार पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलडमरू हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री व्यापारमा अवरोध सिर्जना गर्ने इरानको सैन्य क्षमता कमजोर पार्नु रहेको छ। साथै, जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रतिशोधस्वरूप पनि कारबाही गरिएको अमेरिकाले जनाएको छ।

इरानी सञ्चारमाध्यम मेहर र तस्निमका अनुसार अमेरिकाले होर्मोज्गान प्रान्तको सिरिक क्षेत्र, केश्म टापु तथा खुजेस्तान प्रान्तको शादेगन आसपासका क्षेत्रमा हवाई आक्रमण गरेको थियो। इरानी अधिकारीहरूले ती आक्रमणबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति नभएको दाबी गरेका छन्।

अमेरिकाले आफ्नो आक्रमणमा इरानी तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, समुद्री सैन्य क्षमता तथा मिसाइल र ड्रोन भण्डारण स्थलहरूलाई लक्षित गरिएको जनाएको छ।

इरानको जवाफी आक्रमण

इरानको सेनाले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। इरानी सैन्य विज्ञप्तिअनुसार अली अल सलेम एयर बेस नजिक रहेको अमेरिकी सैन्य शिविरका गोलाबारुद भण्डार, प्याट्रियट मिसाइल राडार तथा हवाई निगरानी प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरिएको छ।

अमेरिकी आक्रमणअघि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका आक्रमण जारी राखे “अविस्मरणीय जवाफ” पाउने चेतावनी दिएका थिए।

युद्ध सुरु भएयता सैन्य लक्ष्यसँगै केही नागरिक पूर्वाधार पनि प्रभावित हुन थालेका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी क्षेत्रमा रहेको एउटा डिसेलिनेशन (समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने)प्लान्ट ध्वस्त हुँदा करिब १० हजार नागरिकको खानेपानी आपूर्ति प्रभावित भएको छ।  इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकाले अन्तरिम सहमतिका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्।

५० जनाको मृत्यु

इरानी अधिकारीहरूका अनुसार पछिल्ला तीन साताको अमेरिकी आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। शनिबार दक्षिणी इरानको बन्दर खामिरमा भएको आक्रमणमा दुई युवतीसहित सात जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।

यसैबीच, तेहरानबाट रिपोर्टिङ गरेका अल जजीराका संवाददाता तोहिद असादीका अनुसार लगातारको आक्रमणले इरानमा जनस्तरमा आक्रोश र अनिश्चितता बढाएको छ। नागरिकहरू युद्ध कहिलेसम्म लम्बिने र कूटनीतिक समाधान सम्भव हुने वा नहुने भन्ने चिन्तामा रहेको उनले उल्लेख गरेका छन्।

वि.सं.२०८३ साउन ३ आइतवार १२:०८ मा प्रकाशित

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा...

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

चितवन ।  स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग...

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...