back
CTIZAN AD

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवाको शुभारम्भ

वि.सं.२०८३ साउन ३ आइतवार

171 

shares

काठमाडौं । गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवाको शुभारम्भ गरेको छ । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ तीन नयाँ डिजिटल बैंकिङ सेवाको औपचारिक शुभारम्भ गरेको हो।

बैंकले गरिमा प्रिपेड डलर कार्ड (Garima Prepaid Dollar Card), गरिमा   POS टर्मिनल (Garima POS Terminals) तथा गरिमा Interbank QR Teller सेवा एकैसाथ सार्वजनिक गरेको हो।

बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ।

त्यसैगरी, गरिमा POS टर्मिनल सेवाबाट व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो तथा भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। यस सेवाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने बैंकको विश्वास छ।

यस्तै, गरिमा Interbank QR Teller सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट गरिमा क्ष्लतभचदबलप त्तच् स्क्यान गरी गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

बैंकले यी नयाँ सेवामार्फत डिजिटल बैंकिङलाई थप विस्तार गर्दै ग्राहकको सुविधा, सुरक्षा र सेवा पहुँचलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरेको जनाएको छ। साथै, डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत आधुनिक, सरल र भरपर्दो बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

वि.सं.२०८३ साउन ३ आइतवार १७:४१ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...