back
CTIZAN AD

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

वि.सं.२०८३ साउन २९ शुक्रवार

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। राणाले शुक्रबार निर्वाचन आयोगमा आफ्नो नेतृत्वमा दल दर्ता गराएका हुन्। पार्टीमा ७९ सदस्यीय केन्द्रीय संरचना रहने बताइएको छ भने चुनाव चिह्न ‘त्रिभुज’ प्रस्ताव गरिएको छ। पार्टीको झण्डामा सेतो पृष्ठभूमिमा त्रिभुज चिह्न राखिने जनाइएको छ।

नयाँ पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ। राणाले राप्रपाभित्र रहँदा पनि राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई प्राथमिकतामा राख्दै आएका थिए।

राणाले गत जेठमा राप्रपाबाट अलग हुँदै नयाँ राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका थिए। उनीसँगै राप्रपाका १८३ जना नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएका थिए। त्यसपछि राणाको समूहले नयाँ राजनीतिक दल गठनको तयारी अघि बढाएको थियो।

यसबीच राणाले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठन गर्ने तयारीसमेत गरेका थिए। दुई समूहबीच केही समय संयुक्त रूपमा संगठन निर्माणको गतिविधि अघि बढे पनि नेतृत्व तथा शक्ति बाँडफाँटको विषयमा सहमति बन्न नसकेपछि राणाले आफ्नै समूहबाट पार्टी दर्ता गराएको देखिएको छ।

यसअघि राणा र प्रसाईं समूहले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले विभिन्न विभाग गठन गरी जिम्मेवारीसमेत बाँडेका थिए। त्यतिबेला नयाँ पार्टीको नेतृत्व प्रसाईंले गर्ने समझदारी रहेको राणाले बताएका थिए।

राणाको राप्रपासँगको सम्बन्ध भने लामो समयदेखि विवादमा थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगको नेतृत्व तथा कार्यशैलीसम्बन्धी विवाद चर्किँदै गएपछि अन्ततः राणासहित ठूलो समूह राप्रपाबाट अलग भएको थियो।

 

वि.सं.२०८३ साउन २९ शुक्रवार १४:२८ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...