back
CTIZAN AD

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २९ शुक्रवार

15 

shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंक अघिल्लो वर्षको तुलनामा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। निष्क्रिय कर्जा (खराब कर्जा) मा उल्लेख्य वृद्धि भएपछि सम्भावित जोखिम यावत् रकम (प्रोभिजनिङ) बढाउनुपर्दा बैंकको नाफा प्रभावित भएको हो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अघिल्लो वर्षको ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ।

खुद ब्याज आम्दानीमा सुधार, सञ्चालन नाफा घट्यो

खराब कर्जा बढे पनि बैंकको खुद ब्याज आम्दानीमा भने सन्तोषजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

तथापि, बैंकको सञ्चालन नाफामा भने १४.३३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको सञ्चालन नाफा घटेर १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तो छ प्रमुख वित्तीय सूचकहरूः

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद फि र कमिसन वापत बैंकले २ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै वितरणयोग्य नाफा ६३ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ (अघिल्लो वर्ष पनि २५ करोड ६५ लाख रुपैयाँ ऋणात्मक थियो) ।

नाफा घटेसँगै अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १.०२ रुपैयाँ ऋणात्मक बनेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ भने १८९.६० रुपैयाँ कायम रहेको छ ।

वि.सं.२०८३ साउन २९ शुक्रवार १४:२८ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...