back
CTIZAN AD

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

वि.सं.२०८३ साउन २९ शुक्रवार

shares

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूले आफ्ना जायज माग राखेर गरिरहेको विरोध तथा आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आन्दोलनरत चिकित्सकका माग यथाशीघ्र सम्बोधन गर्न सरकार तथा सम्बन्धित मेडिकल कलेजसँग जोडदार माग गरेको छ।

संघले विहिबार जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त विषयमा सरकार, मेडिकल कलेज, आन्दोलनरत चिकित्सक तथा अन्य सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल र संवाद भइरहेको जनाएको छ।

आन्दोलन रहरभन्दा बाध्यताका कारण हुने भएकाले आन्दोलनका मागको यथोचित सुनुवाइ हुनु लोकतान्त्रिक समाजको आवश्यकता भएको संघले जनाएको छ। त्यसैले सम्बन्धित सबै पक्षलाई आपसी सहमति र संवादमार्फत समस्याको समाधान गर्न संघले आग्रह गरेको छ।

संघले यसअघि विभिन्न घटनाक्रममा भएका सहमतिहरूलाई समेत एकै ठाउँमा राखेर कानुनी हैसियतसहितको एकीकृत सहमति निर्माण गरी कार्यान्वयन गर्न सरकारसँग विशेष आग्रह गरेको छ।

समस्या समाधानका लागि सहजीकरण गर्दै सहमतिको वातावरण निर्माण गर्न नेपाल चिकित्सक संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत चिकित्सकका जायज माग सम्बोधन गरी तत्काल सहमतिको वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

वि.सं.२०८३ साउन २९ शुक्रवार १३:११ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...