काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका छन् ।
ब्लड प्रेसर हाई भएका उनलाई हाल उपचारका लागि वीर अस्पताल लगिएको छ । उनले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हराइरहेकाहरुको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका थिए।
उनले नागरिकको ज्यान बचाउनु राज्यको पहिलो कर्तव्य भएको बताउँदै मित्र राष्ट्र वा सहयोगी संस्थाहरूबाट सहयोग लिनुपर्ने कुरामा सरकारले हिचकिचाहट देखाउन नहुने उनले सुझाव दिएका थिए ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १५:२७ मा प्रकाशित






























