back
CTIZAN AD

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

वि.सं.२०८३ भदौ १८ बिहीवार

shares

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा उद्धारमा सहयोग गर्न सक्रिय रहे पनि संघीय सरकारले स्थानीय तह र जनप्रतिनिधिको सहयोग लिन नचाहेको गुनासो गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई केन्द्रित गर्दै स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो।

कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले भोटेकोशीमा विपत्ति आएलगत्तै राष्ट्रिय विपत्तिलाई एकताबद्ध भएर सामना गर्नुपर्छ भन्ने नीतिका साथ सरकारले सहयोग गरेको, तर अहिले सरकारलाई प्रश्न गर्ने अवस्थामा कांग्रेस पुगेको बताए ।

उनले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा प्राविधिक पक्षलाई प्राथमिकता दिनुको सट्टा मन्त्रीहरू प्रचारप्रसारमा केन्द्रित भएको आरोप लगाए। यस्तो व्यवहार मानवता विरुद्धको अपराधसरह भएको उनको टिप्पणी थियो।

छलफलमा रसुवा, नुवाकोट र धादिङका पार्टी सभापतिहरूले विपत्तिपछि प्रभावित नागरिकले समयमै उद्धार तथा राहत पाउन नसकेको जानकारी गराएका थिए। संघीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिलाई बेवास्ता गरेर काम गर्न खोज्दा समस्या थपिएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले राहत सामग्रीको अभाव नरहे पनि एकद्वार प्रणालीका कारण प्रभावितसम्म सामग्री पुग्न नसकेको बताएका थिए। कांग्रेसले लिएको अडानअनुसार राहत वितरणको एकद्वार प्रणाली स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव थियो।

छलफलमा शवगृहमा राखिएका शवसमेत लुटपाट भएको, सत्तारूढ दलका नेता–कार्यकर्तालाई विभिन्न स्थानमा सहज पहुँच दिइए पनि स्थानीय जनप्रतिनिधिलाई निषेध गरिएको भन्दै सहभागीहरूले आक्रोश व्यक्त गरेका थिए।

भदौ १० गतेको विपत्तिपछि सरकारले प्रभावकारी काम गरिरहेको प्रचार गरिए पनि प्रभावित क्षेत्रमा राज्यविहीनताको अवस्था देखिएको जनप्रतिनिधिहरूले बताएका थिए। यस्तो भ्रम चिर्दै राहत, उद्धार तथा पुनःस्थापनामा स्थानीय जनप्रतिनिधिको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको सुझाव थियो।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव बंशलाल तामाङ तथा रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी रहेको
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८३ भदौ १८ बिहीवार १५:४१ मा प्रकाशित

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु...