भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन महानगरका विभिन्न क्षेत्रमा ४१८ वटा सीसीटीभी क्यामेरा जडान गरेको छ।
प्रविधिको प्रयोगमार्फत सहरलाई थप सुरक्षित, व्यवस्थित र स्मार्ट बनाउने उद्देश्यले सीसीटीभी निगरानी प्रणाली विस्तार गरिएको महानगरले जनाएको छ।
क्यामेराको प्रयोगले सार्वजनिक स्थानको निगरानी बढाउनुका साथै सम्भावित आपराधिक गतिविधि नियन्त्रण, घटना अनुसन्धान तथा शान्ति–सुरक्षा व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महानगरले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्मार्ट भरतपुर निर्माणको अभियानलाई निरन्तर अघि बढाइरहेको कार्यवाहक मेयर चित्रसेन अधिकारीको सचिवालयले जनाएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १५:५४ मा प्रकाशित






























