back
CTIZAN AD

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

वि.सं.२०८३ भदौ १८ बिहीवार

shares

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवा दस्ता वाइसिएल (योङ कम्युनिष्ट लिग, नेपाल) भोटेकोशी बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा अग्रणी संगठनका रुपमा अहोरात्र खटिएको छ ।

अध्यक्ष पुष्प ओलीको नेतृत्वमा उद्धार, राहत तथा सहयोगका लागि वाईसीएल ले टोली परिचालन गरेको छ । सो संगठनका अनुसार सो टोलीले पहिलो चरणमा खाना पकाउने एलपी ग्याँस, दाल चामल लगायत खाद्यान्न लगायतका सामान होल्डिङ सेन्टरमा पु¥याएर फर्किएको हो ।

त्यसैगरी बिहिबार वाइसिएलले ५० थान डस्ना ५० थान ब्ल्याङकेट ५० थान कुर्ता सुरुवाल सेनेटरि प्याड लगायत सामान पनि तुप्चेको होल्डिङ सेन्टरमा पु¥याएको छ ।

अध्यक्ष ओलीका अनुसार बाढी प्रभावितको उद्धार, राहत तथा सहयोगका लागि वाईसीएल नेपालका ६०० स्वयंसेवक परिचालन गरिएको छ ।

वाइसिएलले बाढीका कारण घाइते भएका नागरिकको उपचारमा रगतको अभाव हुन नदिन भोटेकोसी घटनाको भोलिपल्टैबाट वाईसीएलले आपत्कालीन रक्तदान कार्यक्रम गरेको थियो । जसमा १७० जनाले रक्तदान गरेका थिए ।

उनका अनुसार जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा वाईसीएलका स्वयंसेवक टोली परिचालन गरिएको छ।

धुन्चेमा रहेका बाढी पीडितका लागि अत्यावश्यक राहत सामग्रीसहित सहयोग हस्तान्तरण गरेको अध्यक्ष ओलीले जानकारी दिए । ‘विपद्को समयमा जनताको दुःखमा साथ दिनु हाम्रो जिम्मेवारी हो’ भन्ने नारासहित वाइसिएलको लोगो अंकित ज्याकेट लगाएकाहरू राहत वितरणमा खटिएको छ ।

वि.सं.२०८३ भदौ १८ बिहीवार १६:४९ मा प्रकाशित

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...