back
CTIZAN AD

एनआरएनए अफ्रिकाको ३५ लाखको राहत लिएर युगान्डाबाट डा. रमा अर्यालको नेतृत्वमा टोली आउँदै

वि.सं.२०८३ भदौ १८ बिहीवार

486 

shares

काठमाडौँ । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि अफ्रिकाबाट पनि राहत सहयोग जुट्न थालेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले रसुवा, नुवाकोट र चितवनका बाढीपीडितका लागि ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री उपलब्ध गराउने भएको छ।

एनआरएनए युगान्डाका अनुसार बाढी प्रभावित परिवारका लागि टेन्ट, ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायतका अत्यावश्यक सामग्री संकलन भइरहेको छ। युगान्डामा रहेका नेपाली समुदाय तथा विभिन्न उद्योग, व्यापार र प्रतिष्ठानबाट सहयोग जुटाएर राहत सामग्री तयार पार्ने काम भइरहेको जनाइएको छ।

एनआरएनए युगान्डाकी अध्यक्ष डा. रमा अर्यालको नेतृत्वमा राहत टोली छिट्टै नेपालका प्रभावित क्षेत्रमा पुगेर सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका पूर्वअध्यक्ष रमेश कँडेलले जानकारी दिएका छन्।

उनका अनुसार विपद्को समयमा स्वदेशमा रहेका नेपालीको पीडामा साथ दिन युगान्डास्थित नेपाली समुदाय एकजुट भएर सहयोग अभियानमा जुटेको हो।

एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले नेपालमा परेको विपद्का बेला सहयोगका लागि अघि बढेको एनआरएनए युगान्डाको अभियानप्रति अध्यक्ष डा. रमा अर्याल, युगान्डास्थित नेपाली समुदाय तथा सहयोगी सबै दातालाई सम्मान व्यक्त गरेका छन् ।

 

वि.सं.२०८३ भदौ १८ बिहीवार २०:५२ मा प्रकाशित

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरिया स्थित औधोगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढी पिडितलाई राहत...

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...