back
CTIZAN AD

चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

वि.सं.२०८३ साउन ३ आइतवार

63 

shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बिहान करिब ७स्१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ३३ जनाको उद्धार गरी भरतपुरस्थित अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड भने अहिले पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको छ।

वि.सं.२०८३ साउन ३ आइतवार १२:२० मा प्रकाशित

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा...

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

चितवन ।  स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग...

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...