back
CTIZAN AD

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

वि.सं.२०८३ साउन ३ आइतवार

201 

shares

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार गौरीघाट जलमापन केन्द्रमा आइतबार साँझ बागमती नदीको पानीको सतह २।४१ मिटर पुगेको छ। उक्त केन्द्रमा २।१० मिटरलाई सतर्कता तह मानिन्छ भने २।७० मिटर पुगेपछि खतरा तह पुगेको मानिने विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले जोखिम यथावत् रहेको छ।

‘हाल बागमती नदीले गौरीघाट क्षेत्रमा सतर्कता तह पार गरिसकेको छ। नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने।

विभागले विशेषगरी नदी किनार, तल्लो तटीय क्षेत्र तथा हरेक वर्ष डुबान हुने बस्तीका नागरिकलाई अनावश्यक रूपमा नदी आसपास आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा बाढी र पहिरोसम्बन्धी विभागबाट जारी हुने पछिल्ला सूचना तथा चेतावनीलाई नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।

मौसमविद्हरूले देशका विभिन्न स्थानमा अझै वर्षा जारी रहने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको सतह थप बढ्न सक्ने चेतावनी दिएका छन्। त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ।

वि.सं.२०८३ साउन ३ आइतवार १९:१२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...