back
CTIZAN AD

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

वि.सं.२०८३ साउन २८ बिहीवार

shares

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।

कर्मचारीले नजिक आउन इसारा गरेपछि उनी ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा पुगे । आफ्नो विवरण जाँच गराए, कागजात रुजु भयो र केहीबेरमै काम सकियो । काम पूरा भएपछि उनको अनुहारमा देखिएको खुसीले लामो यात्राको झन्झटबाट मुक्ति पाएको अनुभूति गराएको थियो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ स्थायी घर भएका छन्त्याल हाल पोखरा–१६, दीपमा बस्दै आएका छन् । उनले विसं २०५६ देखि शारीरिक अशक्तताका आधारमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रत्येक आर्थिक वर्षको सुरुआतमा सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्ने भएकाले उनी बुधबार बिहान पोखराको नदीपुरस्थित छन्त्याल समाजको भवनमा पुगेका थिए ।
यसपटक भने उनलाई आफ्नो गाउँ फर्किनु परेन । धवलागिरि गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा उपलब्ध गराएपछि छन्त्यालजस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।

“बर्खाको समय, बाटो पनि अप्ठ्यारो । आउन जान खर्च पनि बढी लाग्ने, दुःख हुने गथ्र्यो तर अहिले पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाइयो । अत्यन्त खुसी छु,” छन्त्यालले भने ।
गाउँपालिकाको सेवा बसोबास भएको सहरमा पाएपछि अन्य सेवाग्राही पनि उत्साहित देखिन्थे । पोखरा–१९ लामाचौरमा बस्दै आएकी सुनकुमारी विकले ससुराको सामाजिक सुरक्षा भत्ता नवीकरण पोखरामै एकै दिनमा गर्न पाउँदा समय र खर्च दुवै बचत भएको बताइन् । “गाउँ जान धेरै समय लाग्थ्यो । यहीँबाटै बनाउन पायौँ, खुसी छौँ,” उनले भनिन् ।

धवलागिरि गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सेवा शिविर सञ्चालन गरेको हो । सुरुमा एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले सेवा प्रवाहको समय थपेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरण सेवा प्रदान गरिएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामा नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन भएकाले जनप्रतिनिधि र कर्मचारी सहर झरेर सेवा दिन थालेको अध्यक्ष पुनले बताए ।

“धवलागिरि गाउँपालिका स्थायी घर भएर हाल पोखरामा बसोबास गरिरहनुभएका र बसाइँसराइ नगर्नुभएका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ । सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै वडामा हुने पञ्जीकरणका काम शिविरबाट प्रदान गरेका छौँ,” गाउँपालिका अध्यक्ष पुनले भने ।

गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । आवश्यकताअनुसार गाउँपालिकाले कतिपय सेवाग्राहीको घर तथा अस्पतालमै पुगेर सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

गाउँपालिकाका अनुसार पोखरामा दुई दिनसम्म सञ्चालन हुने शिविरबाट २५० भन्दा बढी सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । गाउँमा रहेको स्थानीय सरकारको सेवा लिन गाउँ नै पुग्नुपर्ने बाध्यताबीच सहरमै सेवा पाएपछि धवलागिरि स्थायी घर भई पोखरामा बस्दै आएकालाई शिविरले थप सहज बनाएको वडा नं ७ का वडाध्यक्ष अशोक खत्री बताउछन् ।

विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अशक्त तथा बिरामीका लागि बर्खाको कठिन यात्राबाट जोगाउँदै नजिकैबाट सरकारी सेवा उपलव्ध गराउन सफल भएको खत्रीले बताए । “गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाइँसराइ गरेर जाने क्रम घटेको छ । गाउँमा बस्ने मानिस घटे पनि बसाइँसराइ रोकिएको छ,” खत्रीले भने ।

पोखरामा सेवा दिनका लागि धवलागिरिका सात वटै वडाका वडाध्यक्ष, वडा सचिव, जनप्रतिनिधिहरु तथा कर्मचारी आएका छन् । म्यादीका स्थानीय तहले सुरु गरेको यो अभियान उदाहरणीय रहेको भन्दै प्रशंसा भएको छ ।

वि.सं.२०८३ साउन २८ बिहीवार ०६:४४ मा प्रकाशित

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...