back
CTIZAN AD

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

वि.सं.२०८३ साउन २८ बिहीवार

shares
काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गौरीगञ्जका सन्दीप कार्की, अर्घाखाँचीकी सङ्गीता मगर र नुवाकोटकी अङ्किता नेपाल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ पुतलीसडकस्थित एक कन्सल्टेन्सीमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीमा चेक जाँच गर्ने क्रममा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप तथा दुई थान ल्यापटपलगायतका सामग्री फेला परेको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा आज काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी  दिए ।

वि.सं.२०८३ साउन २८ बिहीवार ०६:१७ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...