back
CTIZAN AD

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

वि.सं.२०८३ साउन ९ शनिवार

324 

shares

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक महिला मृत फेला परेकी छन्।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–९ अन्तर्गत साङ्लाखोला–पटापु क्षेत्रमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा ४५ वर्षीया रश्मी रिजाल मृत फेला परेकी हुन्। उनी तारकेश्वर–९, शुभकामना चोककी बासिन्दा हुन । रश्मी रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि पठाइएको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल तथा केही लगानीकर्ता समुदायमा रश्मी रिजाल पछिल्लो समय शेयर बजारको निरन्तर गिरावटका कारण मानसिक तनावमा रहेको दाबी गरिएको छ। पारिवारिक स्रोतका अनुसार पछिल्लो समय शेयर कारोबारमा आएको मन्दीपछि उनी मानसिक तनावमा रहेकी थिइन्। तर, प्रहरीले हालसम्म उनको मृत्यु र शेयर बजारबीच कुनै प्रत्यक्ष सम्बन्ध पुष्टि गरेको छैन। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न पक्षबाट प्रमाण संकलन गरिरहेको र घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने जनाएको छ।

वि.सं.२०८३ साउन ९ शनिवार २०:२५ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...