back
CTIZAN AD

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार

471 

shares

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरिएको छ। कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले कोशी प्रदेशलाई नयाँ प्रविधि केन्द्र बनाउन ’काठमाडौँ देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा अघि सारेको हो। संस्थाले सार्वजनिक गरेको ’विराटनगर क्षेत्रीय आईटी हब’ मार्गचित्रले नेपालको डिजिटल अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।

क्यान महासङ्घ कोशी प्रदेशको मूल आयोजना तथा मोरङ, सुनसरी र उदयपुर शाखाको सहकार्यमा यो अभियान सुरु भएको हो । क्यान कोशीका अध्यक्ष सन्देश राईको नेतृत्व र प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको विशेष पहलमा यो मार्गचित्र तयार पारिएको हो ।

नेतृत्वको प्रतिबद्धता र सरकारी सहकार्य
यस अभियानलाई सफल बनाउन प्रादेशिक नेतृत्वले बलियो प्रतिबद्धता जनाएका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठले कोशी प्रदेश सरकारसँगको सघन सहकार्यमा यो मार्गचित्र पूर्ण रूपमा कार्यान्वयन गरिने बताए ।

त्यस्तै, कोशी प्रदेश अध्यक्ष सन्देश राईले विराटनगर प्राकृतिक रूपमै आईटी हब बन्ने क्षमताको रहेको दाबी गर्नुभयो। उहाँले यस क्षेत्रका हरेक सरोकारवालासँग सहकार्य गर्न आफूहरू पूर्ण तयार रहेको स्पष्ट पारे ।

क्यान मोरङका अध्यक्ष सुमित कुमार शाह र सुनसरीका अध्यक्ष लोकेन्द्र प्रसाद ढकालले स्थानीय प्रतिभा र नयाँ स्टार्टअपहरूलाई नीतिगत रूपमा अघि बढाउनु नै यो अभियानको जग भएको बताए । क्यान उदयपुरका अध्यक्ष राजन आचार्यले पनि ’डिजिटल नेपाल’ को सपना पूरा गर्न कोशी क्षेत्रमा बलियो आईसीटी पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

विराटनगर नै किन ?
मार्गचित्रका अनुसार विराटनगरमा प्रादेशिक डिजिटल अर्थतन्त्रको नेतृत्व गर्न सक्ने विशिष्ट क्षमता छ। यहाँ सरकारी प्रशासनिक पहुँच र औद्योगिक जग बलियो छ। स्थानीय उद्योगहरूमा ईआरपी, अटोमेशन र साइबर सुरक्षाको उच्च माग छ । यसका साथै विराटनगर, इटहरी र धरानलाई जोडेर एउटै उच्च कार्यक्षमता भएको प्रविधि करिडोर बनाउन सकिने सम्भाव्यता छ। सीमावर्ती क्षेत्र भएकाले लजिस्टिक र डाटा एनालिसिसका लागि पनि यो उपयुक्त बजार हो ।

नेपाली सफ्टवेयर र विश्वव्यापी निर्यात
यो कोरिडोरको मुख्य उद्देश्य केवल तालिम र सेमिनारमा सीमित हुने छैन। यहाँको मूल ध्येय ’नेपालमा बनेका सफ्टवेयर’ उत्पादन गरी विश्व बजारमा निर्यात गर्नु हो। यस अन्तर्गत हेल्थ–टेक, एग्रि–टेक, स्थानीय तहका लागि साइबर सुरक्षा र एआई–सक्षम सार्वजनिक सेवालाई विशेष प्राथमिकता दिइनेछ ।

युवा प्रविधिकहरूलाई आफ्नै भूमिमा रोक्न कोशी प्रदेशमै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति तयार पारिनेछ। यसका लागि उच्च–स्तरीय कोडिङ बुटक्याम्प, कलेज–देखि–कम्पनी इन्टर्नसिप र स्टार्टअपका लागि विउ पूँजी (क्भभम न्चबलतक) को व्यवस्था गरिने मार्गचित्रमा उल्लेख छ ।

आगामी कार्यदिशा
आर्थिक वर्ष २०८३/८४ को बजेटपछिको समय यस योजनाका लागि उपयुक्त अवसर हो। क्यान कोशीले अबको १०० दिनभित्र विशेष कार्यदल गठन गर्ने भएको छ। यो अवधिमा कोशी प्रदेशका आईटी कम्पनीहरूको पूर्ण लगत सङ्कलन गरिनेछ। बृहत् सरोकारवालाहरूसँगको परामर्शमार्फत डिजिटल नेपालको दोस्रो लहरलाई कोशी प्रदेशबाटै नेतृत्व गर्न क्यान टोली कार्यक्षेत्रमा उत्रिसकेको छ ।

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०२ मा प्रकाशित

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...