back
CTIZAN AD

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

वि.सं.२०८३ भदौ १४ आइतवार

shares
काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।
बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ ।
नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ ।

वि.सं.२०८३ भदौ १४ आइतवार १३:१४ मा प्रकाशित

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...