back
CTIZAN AD

विपद्मा कलाकारको हातेमालो

वि.सं.२०८३ भदौ १४ आइतवार

12 

shares

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुभएकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गरिन् ।

गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगे । गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरे । यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । यसमा अभियानमा कलाकारहरुले पनि हातेमालो गरिरहेका छन् ।

गायक प्रकाश सपूतले सङ्कटको घडीमा नेपाल र नेपालीको सह–अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताए । विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एक्यबद्धतापूर्व उभिनु कलाकारको पनि दायित्व भएको उनकोे भनाइ छ । गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाए ।

बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था देख्दा आफूले मन थाम्न नसकेको उनले बताए । बाढी प्रभावितका लागि सानो स्तरमा भए पनि राहत पुगोस् भनेर आफू अत्यावश्यक सहायता सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको गायक थापाको भनाइ छ । गायिका समीक्षा अधिकारीले बाढी प्रभावितको पीडामा साथ दिने प्रयास गरेको उल्लेख गरे । सहयोग सानो वा ठूलो भन्दापनि दुःखका बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्त्वपूर्ण हुने उनकोे भनाइ छ ।

गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । देशवासीको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित आफूले सक्दो सहयोग गरेको उनले उल्लेख गरेका छन् । व्यक्तिगत रुपमा मात्र नभई कलाकार सम्बद्ध विभिन्न सङ्घसंस्था पनि विपद्मा सहारा बनिरहेका छन् ।

बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ हजार पाँच सय ५५ सहयोग गरेको समाजका अध्यक्ष एवं गायक वसन्त थापाले जानकारी दिए । तीजको सम्मुखमा देशले व्यहोरिरहेको महाविपत्तिमा कतिपय कलाकारले देशविदेशमा हुने तीज विशेष साङ्गीतिक कार्यक्रम स्थगन गरेका छन् ।

सामूहिक दरखानेलगायत तीजका मनोरञ्जनात्मक कार्यक्रम स्थगन गरी तिनमा हुने आर्थिक खर्चलाई बाढी प्रभावितको सहयोगार्थ पठाउने क्रम बढ्दो छ । प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावित राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।

भोटेकोशी–त्रिशूलीको बाढीले पु¥याएको अकल्पनीय जनधनको क्षतिले यतिबेला सिङ्गो मुलुकक नै आक्रान्त छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश, विदेशबाट स्वतःस्र्फुत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ ।

वि.सं.२०८३ भदौ १४ आइतवार १३:४६ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...