काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले Galaxy Z Fold8 Ultra, Galaxy Z Fold8, Galaxy Z Flip8, Galaxy Watch Ultra2 र Galaxy Watch9 सार्वजनिक गरेको हो।
नयाँ Galaxy Z सिरिजले फोल्डेबल स्मार्टफोनमा प्रोडक्टिभिटी, कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिलाई केन्द्रमा राखेको कम्पनीले जनाएको छ। यी डिभाइसको बिक्री नेपालमा अगस्ट २६ देखि सुरु हुनेछ।
नयाँ सिरिजप्रति ग्राहकको उत्साह प्रि-अर्डरमै देखिएको कम्पनीको भनाइ छ। Galaxy Z Fold8 Ultra मा Violet Shadow, Fold8 मा Lavender र Flip8 मा Pink रङ सबैभन्दा बढी रोजाइमा परेको जनाएको छ।
Galaxy Z Fold8 Ultra मा ८ इन्चको मुख्य डिस्प्ले, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शन क्षमता रहेको छ। यसलाई विशेषगरी मल्टिटास्किङ, क्रिएटिभ काम तथा ठूलो स्क्रिनमा कन्टेन्ट उपभोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
Galaxy Z Fold8 नयाँ डिजाइन र दैनिक प्रयोगलाई सहज बनाउने डिस्प्ले अनुपातसहित आएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ तथा भिडियो हेर्न सकिनेछ भने मुख्य 4:3 डिस्प्ले गेमिङ, पढाइ तथा इमर्सिभ भिडियो अनुभवका लागि उपयोग गर्न सकिनेछ।
त्यस्तै, Galaxy Z Flip8 मा ५० मेगापिक्सेल क्यामेरा, ProVisual Engine तथा FlexCam सुविधा रहेको छ। यसले फोटो तथा भिडियो खिच्ने अनुभवलाई थप सहज बनाउने कम्पनीको दाबी छ।
यसैगरी Galaxy Watch Ultra2 र Galaxy Watch9 पनि नेपालमा सार्वजनिक भएका छन्। यी स्मार्टवाचले स्वास्थ्यसम्बन्धी गतिविधिको निरन्तर ट्र्याकिङ, प्रदर्शन तथा दैनिक स्वास्थ्य व्यवस्थापनमा सहयोग गर्ने कम्पनीले जनाएको छ।
मूल्य तथा २४ महिनाको EMI
| मोडल | रङ | मूल्य | २४ महिनाको EMI |
|---|---|---|---|
| Galaxy Z Fold8 Ultra (12+512GB) | Violet Shadow / Graphite | रु. ३,३९,९९९ | रु. ९,२२५ |
| Galaxy Z Fold8 Ultra (12+256GB) | Violet Shadow / Graphite | रु. २,९९,९९९ | रु. ८,१४० |
| Galaxy Z Fold8 (12+256GB) | Lavender / Graphite | रु. २,७४,९९९ | रु. ७,४६२ |
| Galaxy Z Flip8 (12+256GB) | Pink / Graphite | रु. १,९४,९९९ | रु. ५,२९१ |
| Galaxy Watch Ultra2 | Black | रु. १,२३,४९९ | — |
| Galaxy Watch9 (44mm) | Black / Silver | रु. ७१,४९९ | — |
| Galaxy Watch9 (40mm) | Black / Beige | रु. ६६,४९९ | — |
Samsung ले नयाँ Galaxy डिभाइस खरिदका लागि २४ महिनासम्मको EMI सुविधा समेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार EMI प्रक्रियाका लागि नागरिकता आवश्यक पर्नेछ।
नयाँ Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 अगस्ट २६ देखि नेपालभर उपलब्ध हुनेछन्।
वि.सं.२०८३ भदौ १० बुधवार १०:५४ मा प्रकाशित





























