back
CTIZAN AD

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

वि.सं.२०८३ भदौ १० बुधवार

24 

shares

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको छ। अब नामी भिगो ई२ को मूल्य रु. ३७ लाख ९९ हजार कायम गरिएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ।

गत बुधबार सार्वजनिक गरिएको फुल साइज एसयूभी भिगो ई२ ले आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्तामाझ उल्लेख्य आकर्षण सिर्जना गरेको कम्पनीको भनाइ छ।

यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरिएको भिगो ई२ मा मुनरुफ हटाइएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै यसको बुकिङमा समेत उच्च चाप देखिएको कम्पनीले जनाएको छ।

सीमित अवधिका लागि घोषणा गरिएको रु. २ लाखको विशेष अफरका कारण समेत भिगो ई२ प्रति ग्राहकको आकर्षण बढेको कम्पनीको दाबी छ। सार्वजनिक भएको ६ दिनमै चाडपर्वका लागि बिक्री गर्न सकिने संख्याभन्दा बढी बुकिङ प्राप्त भएपछि अफर समाप्त गरिएको कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले उच्च मागका कारण विशेष अफर नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताए।

उनले भने, “सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्‍यो।”

पन्तले नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका अनुसार अब नामी भिगो ई२ को बुकिङ घोषणा गरिएको एमआरपी रु. ३७ लाख ९९ हजारमै निरन्तर हुनेछ।

वि.सं.२०८३ भदौ १० बुधवार १०:३८ मा प्रकाशित

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...