back
CTIZAN AD

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

वि.सं.२०८३ जेठ ३० शनिवार

3.8K 

shares

कावासोती कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि रमाकान्त काफ्लेले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शिक्षा, सामाजिक सेवा तथा व्यवस्थापन क्षेत्रमा हासिल गरेको अनुभवलाई समुदायको हितमा प्रयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।

काफ्लेले उच्च शिक्षा हासिल गर्ने क्रममा काठमाडौंका प्रतिष्ठित गैरसरकारी संस्थाहरूमा तथा विदेशमा रहँदा विभिन्न सामाजिक संघ–संस्थाहरूमा सचिव पदमा रही सेवा गर्ने अवसर प्राप्त गरेको बताएका छन्। सोही क्रममा हासिल गरेको अनुभव, सीप र नेतृत्व क्षमतालाई आफ्नै समुदायको विकासमा उपयोग गर्ने लक्ष्यसहित आफू निर्वाचन मैदानमा उत्रिएको उनको भनाइ छ।

उम्मेदवारी घोषणासँगै काफ्लेले स्वच्छ तथा गुणस्तरीय खानेपानीको सुनिश्चितता, छिटो–छरितो तथा प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता तथा जवाफदेहिताको प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्।

“खानेपानी सेवा उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने मेरो प्रतिबद्धता रहनेछ,” काफ्लेले बताएका छन्। उनले उपभोक्ताको विश्वास र सहयोगलाई आफ्नो मुख्य शक्ति मानेर संस्थाको समग्र विकासका लागि इमानदार र जिम्मेवार ढंगले कार्य गर्ने दृढ संकल्प लिएको उल्लेख गरेका छन्।

काफ्लेले संस्थालाई आधुनिक, व्यवस्थित तथा उपभोक्तामैत्री बनाउने लक्ष्यसहित आगामी दिनमा सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरेका छन्। उनले संस्थागत विकाससँगै सुशासनको अभ्यासलाई सुदृढ गर्दै उपभोक्ताको हकहितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“एक मत रमाकान्त काफ्लेलाई, सक्षम नेतृत्व र संस्थाको उज्ज्वल भविष्यका लागि” भन्ने नारासहित चुनावी अभियान अघि बढाइरहेका काफ्लेले आगामी निर्वाचनमा आफूलाई अमूल्य मत, विश्वास र समर्थन प्रदान गर्न सम्पूर्ण उपभोक्तासमक्ष हार्दिक अनुरोध गरेका छन्।

उनले सबै उपभोक्तालाई संस्थाको समग्र विकास र समुदायको हितका लागि एकताबद्ध हुन आग्रह गर्दै स्वच्छ, सुरक्षित र समुन्नत भविष्य निर्माणमा सहकार्य गर्न आह्वान गरेका छन्।

वि.सं.२०८३ जेठ ३० शनिवार १३:५४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...