back
CTIZAN AD

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८३ साउन ११ सोमवार

375 

shares

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ ।

 

वि.सं.२०८३ साउन ११ सोमवार ०६:५३ मा प्रकाशित

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...