back
CTIZAN AD

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

वि.सं.२०८३ साउन १० आइतवार

456 

shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले सम्भावित वाम एकतालाई विफल बनाउन सत्ता पक्षले अब नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूमाथि अनुसन्धानको दायरा विस्तार गर्न सक्ने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था लागू गर्ने उद्देश्यसहित आगामी प्रदेश निर्वाचनसँगै जनमतसंग्रह गराउने तयारी भइरहेको र त्यसका लागि संघीय संसदमा आवश्यक समर्थन जुटाउन माओवादी केन्द्रको साथ अपरिहार्य हुने बताएका छन्। उनका अनुसार वाम एकता भएमा यस्तो राजनीतिक योजना सफल हुन कठिन हुन सक्छ।

ढकालले कांग्रेस र एमालेसँग सम्बन्धित नेताहरूमाथि पछिल्लो समय अनुसन्धान प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै माओवादी केन्द्रका नेताहरूमाथि भने हालसम्म सरकारले त्यस्तो कदम नचालेको दाबी गरेका छन्। अबको राजनीतिक घटनाक्रम वाम एकतालाई रोक्ने दिशामा केन्द्रित हुन सक्ने उनको भनाइ छ।

उनले वाम एकता भए वर्तमान सत्ता पक्षसँग २०८६ सालसम्म पर्खने राजनीतिक अवस्था नरहेको उल्लेख गर्दै त्यसपछि वैकल्पिक रणनीति अर्थात् ‘प्लान बी’ कार्यान्वयनमा आउन सक्ने दाबी गरेका छन्। तर उक्त ‘प्लान बी’ के हो भन्नेबारे उनले थप खुलाएका छैनन्।

वि.सं.२०८३ साउन १० आइतवार १९:०३ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...