back
CTIZAN AD

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

वि.सं.२०८३ असार ५ शुक्रवार

867 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठक गत जुन १३ र १४ तारिखमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षता तथा महासचिव डा. चिरञ्जीवी खड्काको सञ्चालनमा सम्पन्न बैठकले संगठनात्मक एकता, आर्थिक सुशासन, क्षेत्रीय सम्मेलन, सचिवालय व्यवस्थापन तथा रिक्त पदपूर्तिसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा भएका संस्थागत, आर्थिक तथा विभागीय गतिविधिको समीक्षा गरिएको थियो। पहिलो पटक आईसीसी बैठकको कार्यवाही सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको जनाइएको छ।

बैठकको तयारीस्वरूप क्षेत्रीय स्तरमा छलफल गरी सचिवालय, उपाध्यक्षहरू तथा आयोजनात्मक निकायबीच समन्वयात्मक समीक्षा पश्चात् अन्तिम प्रस्तावहरू आईसीसी बैठकमा प्रस्तुत गरिएको थियो।

बैठकले आगामी अगस्ट १०–११ मा आयरल्यान्डको डब्लिनमा १७औँ युरोप क्षेत्रीय सम्मेलन तथा अगस्ट १५–१६ मा चीनको ग्वाङ्झाउमा ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय अनुमोदन गरेको छ। त्यस्तै मध्यपूर्व, ओसियाना र अमेरिकाज क्षेत्रीय सम्मेलनहरूको प्रारम्भिक कार्यतालिका समेत स्वीकृत गरिएको छ। सन् २०२७ को जनवरीभित्र चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन र दोस्रो पुस्ताका युवाको सम्मेलन आयोजना गर्ने जानकारी पनि बैठकमा दिइएको छ।

आर्थिक व्यवस्थापनतर्फ बैठकले १२औँ एनआरएन विश्व सम्मेलनको आय–व्यय विवरण अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ३७ लाख ६३ हजार ६ सय ६८ रुपैयाँ बराबरको सचिवालय बजेट स्वीकृत गरेको छ। आईसीसी पदाधिकारी तथा सदस्यहरूलाई लेभी तथा मनोनयन शुल्क बुझाउन थप दुई साताको समय दिने निर्णय गर्दै सो अवधिभित्र शुल्क नबुझाए आधिकारिक वेबसाइटबाट नाम हटाइने जनाएको छ।

बैठकले सचिवालय भवनको मर्मत, सूचना प्रविधि व्यवस्थापन सुदृढीकरणका लागि दुई जना आईटी अधिकृत नियुक्ति प्रक्रिया अनुमोदन गरेको छ।

संगठनात्मक एकताको सन्दर्भमा नेदरल्याण्ड्स र डेनमार्कका विभाजित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको एकीकरण अनुमोदन गरिएको छ। कतार, फ्रान्स, बेल्जियम, माल्टा, मलेसिया र थाइल्याण्डका विभाजित एनसीसीहरूको एकीकरण पनि बाँकी शुल्क बुझाउने सर्तमा स्वीकृत गरिएको छ।

अमेरिका, पोर्चुगल, अस्ट्रिया, यूएई, कुवेत र दक्षिण कोरियाका एनसीसीहरूलाई आगामी जुलाई ३१ भित्र एकता महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। रोमानिया, बुल्गेरिया, स्लोभाकिया, ग्रीस र फिनल्याण्डमा निष्क्रिय एनसीसीहरू पुनः सक्रिय बनाउने तथा क्रोएसिया, सर्बिया, लाओस र भियतनाममा नयाँ एनसीसी स्थापना प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ।

बैठकले रिक्त आईईएस, पदाधिकारी, सल्लाहकार तथा मानार्थ परिषद्का पदहरूमा नियुक्तिका लागि छनोट मापदण्ड अनुमोदन गर्दै विश्वभर रहेका महिला, युवा, दोस्रो पुस्ता तथा विज्ञ समुदायबाट करिब ७० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।

संरक्षक परिषद्मा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ तथा संस्थापक महासचिव भीम उदासलाई नियुक्त गर्ने निर्णय गरिएको छ। सल्लाहकार समितिमा १२औँ महाधिवेशनको स्टेरिङ समितिका सदस्यहरू तथा बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका सामाजिक मानवशास्त्री प्राध्यापक डेविड गेल्नरलाई मनोनयन गरिएको छ।

यसैगरी निर्वाचन प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्का सहभागी रहने सात सदस्यीय प्राविधिक समिति गठन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

एनआरएनए फाउन्डेसनलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउन नेदरल्याण्ड्समा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गर्दै पूर्व कोषाध्यक्ष फणिन्द्र पन्त र पूर्व सल्लाहकार शशी पौडेललाई आवश्यक जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

उक्त जानकारी संघका प्रवक्ता सोमनाथ सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।

यी हुन् बैठकले गरेका १५ निर्णयहरु :

१. क्षेत्रीय तथा विश्व सम्मेलनहरू• १७औँ युरोप क्षेत्रीय बैठक (संकल्प): आगामी १०-११ अगस्टमा डब्लिन, आयरल्यान्डमा “United by Identity, Driven by Investment, Committed to Prosperity” भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने युरोपेली क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।

• ११औँ एसिया–प्रशान्त क्षेत्रीय बैठक (आरोहण) : १५-१६ अगस्टमा ग्वाङ्झाउ, चीनमा “Rising Together, Leading Forward” भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।

• मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी नोभेम्बर २०२६ मा, ओसियाना क्षेत्रीय सम्मेलन (Oceania Regional Conference) आगामी डिसेम्बर २०२६ न्युजिल्यान्डमा तथा अमेरिका क्षेत्रीय सम्मेलन (Americas Regional Conference) आगामी मार्च–अप्रिल २०२७ मा क्यानडामा गर्ने प्रारम्भिक योजना स्वीकृत गरिएको छ।

• चौथो एनआरएन विश्व ज्ञान सम्मेलन, पहिलो एनआरएन विश्व महिला सम्मेलन तथा दोस्रो पुस्ता युवा सम्मेलन सन् २०२७ को जनवरीभित्र आयोजना गर्ने जानकारी गराइएको छ।

२. विभागीय कार्यविधि तथा समितिहरू

• विभिन्न विभागहरूद्वारा प्रस्तावित कार्य सन्दर्भ (TOR) तथा समितिहरूको गठन तथा सदस्यता स्वीकृत गरिएको छ।

३. आर्थिक व्यवस्थापन तथा सुशासन

• बैठकले मार्च १४-१६, २०२६ मा काठमाडौंमा सम्पन्न १२औं एनआरएन विश्व सम्मेलन र एनआरएनए आईजीए कार्यक्रमको आय-व्यय विवरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ।

• आर्थिक वर्ष २०८३/८४ का लागि कुल नेपाली रुपैयाँ ५,३७,६३,६६८ (NPR 53,763,668) बराबरको एनआरएनए सचिवालय बजेट योजनालाई अनुमोदन गरेको छ।

• आईसीसी पदाधिकारी र सदस्यहरूको लेभी तथा मनोनयन शुल्क बुझाउन दुई हप्ताको अतिरिक्त समय प्रदान गर्ने निर्णय गरिएको छ। थपिएको समयमा शुल्क नबुझाउनेलाई एनआरएनएको आधिकारिक वेबसाइटबाट हटाउने निर्णय गरिएको छ।

• एनसीसीको शुल्क नबुझाउनेलाई विधानअनुसार प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।

• संस्थाको एकताका लागि उम्मेदवारी फिर्ता लिएका वा विशेष परिस्थितिका कारण उम्मेदवारी स्वीकृत हुन नसकेका र शुल्क फिर्ताका लागि आवेदन दिएका उम्मेदवारहरूको मनोनयन शुल्क फिर्ता गर्ने निर्णय गरिएको छ।

• कोषाध्यक्ष र वित्तीय टोलीलाई प्रत्येक त्रैमासिकमा वित्तीय प्रतिवेदन समीक्षा गरी आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गर्ने अधिकार प्रदान गर्ने निर्णय गरिएको छ।

४. सचिवालय मामिला सम्बन्धमा

• सचिवालय भवनको छतको पुराना जस्तापाता फेर्ने र छतको खाली ठाउँ उपयोग गर्न सुरक्षित सिँढी निर्माण गर्ने कार्यका लागि प्रस्तावित अनुमानित लागत स्वीकृत गर्ने निर्णय गरिएको छ।

• सचिवालयको आईटी कार्यलाई व्यवस्थित बनाउन सुरु गरिएको २ जना आईटी अधिकारी (IT Officers) नियुक्ति प्रक्रियालाई अनुमोदन गर्ने निर्णय गरिएको छ।

५. संगठनात्मक निर्णय तथा राष्ट्रिय समन्वय परिषद् एकीकरण

• नेदरल्याण्ड्स र डेनमार्कका दुइ समुहमा रहेका एनसीसी (NCC) हरूको एकीकरणलाई अनुमोदन गर्ने निर्णय गरिएको छ। साथै बाँकी रहेको सदस्यता शुल्क बुझाउने सर्तमा कतार, फ्रान्स, बेल्जियम, , माल्टा, मलेसिया र थाइल्याण्ड दुइ समुहमा रहेका एनसीसी (NCC) हरूको एकीकरणलाई अनुमोदन गर्ने निर्णय गरिएको छ।

• बैठकले अस्ट्रिया, पोर्चुगल, अमेरिका, युएई, कुवेत र दक्षिण कोरियाका NCC हरूलाई ३१ जुलाई २०२६ सम्ममा आफ्नो एकता राष्ट्रिय महाधिवेशन (Unity General Conventions) सम्पन्न गर्न निर्देशन दियो। एकता प्रक्रियालाई सहज रुपमा समन्वय गर्ने जिम्मेवारी निम्नानुसार तोकिएको छ:

– उपाध्यक्ष रोशन थापा — अमेरिका

– उपमहासचिव दिनेश घिमिरे — पोर्चुगल

– उपमहासचिव अनुजा प्रधान — अस्ट्रिया

– उपमहासचिव राजेन्द्र अर्याल — कुवेत

– उपमहासचिव पारसमणि पोखरेल — दक्षिण कोरिया

– उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान — युएई

• रोमानिया, बुल्गेरिया, स्लोभाकिया, ग्रीस र फिनल्याण्डमा एनसीसीलाई पुन: सक्रिय बनाउन तथा क्रोएसिया, सर्बिया, लाओस र भियतनाम जस्ता नयाँ एनसीसी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित क्षेत्रीय संयोजक (RC) र/वा आईईएस (IES) सदस्यहरूलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको छ।

६. रिक्त आईईएस (IES), पदाधिकारी (OB), आइसीसी सदस्य, सल्लाहकार र मानार्थ परिषद् पदहरूका लागि छनोट मापदण्ड निर्धारण

• रिक्त रहेका आईईएस (IES), पदाधिकारी (OB), आइसीसी सदस्य, सल्लाहकार र मानार्थ परिषद्का पदहरूको नियुक्तिका लागि तय गरिएको छनोट मापदण्डलाई सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरिएको छ।

• विश्वभर छरिएका नेपाली मूलका महिला युवा दोस्रो पुस्ता र विज्ञको तर्फबाट करिब ७० प्रतिशतलाई आईसीसी संरचनामा जोड्ने निर्णय गरिएको छ।

मनोनीत व्यक्तिहरूको हकमा निम्नानुसार पुष्टि भएपछि मात्र मनोनयन वैध हुनेछ:

– कुनै वित्तीय अनियमितता वा कानूनी मुद्दा नभएको;
– कुनै बाँकी लेभी दायित्व नभएको; र
– ICC वा NCC प्रति कुनै बाँकी वित्तीय दायित्व नभएको।

७.रिक्त आईईएस (IES), पदाधिकारी (OB) मनोनयन
• बैठकले NCC एकीकरणको समर्थनमा आफ्नो पद त्यागेका NCC अध्यक्षहरूलाई उपयुक्त ICC IES वा पदाधिकारी पदहरूमा मनोनयन गर्ने प्रस्ताव अनुमोदन गर्ने निर्णय गरिएको छ।

• विशेष परिस्थितिका कारण १२ औँ महाधिबेशनमा मनोनयन अनुमोदन हुन नसकेका उम्मेदवारहरूलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले सङ्गठनात्मक एकताको मर्म र वैधानिक व्यवस्था अनुरुप बाँकी रिक्त IES र पदाधिकारी पदहरूलाई अन्तिम रूप दिन विधानमा व्यवस्था भएअनुसार अध्यक्षलाई अधिकार प्रदान गरियो। अध्यक्षले महासचिव लगायत पदाधिकारीसँग परामर्श गरी एक हप्ताभित्र नामावलीको टुंगो लगाउने निर्णय गरियो l

८. ICC सदस्यहरूको मनोनयन

– निर्वाचित भएर पनि आफ्नो पदमा निरन्तरता दिन नचाहने, तोकिएको आईसीसी लेभी नबुझाउने, शपथ लिन अस्वीकार गर्ने आईसीसी सदस्यहरूले एनआरएनए विधान बमोजिम आफ्नो पद स्वतः त्याग गरेको (Withdrawn) मानिने र त्यसरी रिक्त हुन आउने पदहरूलाई उपयुक्त मनोनयन प्रक्रिया मार्फत पूर्ति गर्ने निर्णय गरिएको छ ।

९. संरक्षक (Patrons) परिषद्का सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरिएको छ ।

• संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
• पूर्व अध्यक्ष जीवा लामिछाने
• निवर्तमान अध्यक्ष डा. बद्री केसी
• निवर्तमान अध्यक्ष महेश श्रेष्ठ
• संस्थापक महासचिव भीम उदास

१०. बैठकले सल्लाहकार समितिमा निम्नानुसार मनोनित गर्ने निर्णय गरिएको छ ;

– बाह्रौँ महाधिवेशन आयोजनाका लागि गठित स्टेरिङ समितिका सदस्यहरू तथा बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात सामाजिक मानवशास्त्री प्राध्यापक डेविड गेल्नरलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ।

११. विधान व्याख्या समितिमा पूर्व सल्लाहकार तथा कोषाध्यक्ष हिक्मत थापा लाई संयोजकको रुपमा मनोनित गर्ने निर्णय गरिएको छ l

१२. अनुशासन समितिमा पूर्व महासचिव रतन झा लाई संयोजकको रुपमा मनोनित गर्ने निर्णय गरिएको छ l

बाँकी सल्लाहकार, मानार्थ परिषद्का सदस्यहरु, विधान व्याख्या समितिका सदस्यहरु र अनुशासन समितिका सदस्यहरुको नाम टुंगाउने अधिकार अध्यक्ष र महासचिव दिने निर्णय गरियो l

१३. निर्वाचन प्रणालीका लागि प्राविधिक समिति

अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्का समेत रहनुभएको निर्वाचन प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउन प्राविधिक तथा ‘टेक्निकल कमिटी’ गठन गर्ने निर्णय गरिएको छ l त्यसका लागि ७ जना विज्ञहरूको प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ।

उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिने निर्णय गरिएको छ l

१४. एनआरएनए फाउन्डेसन

• पुर्व प्रमुख संरक्षक रामप्रताप थापाको संयोजनमा रहेको एनआरएनए फाउन्डेसनमा अध्यक्ष डा. हेमराज शर्मा, परोपकार विभाग प्रमुख उपाध्यक्ष रामशरण सिम्खडा र कोषाध्यक्ष कृष्ण तिमल्सिनालाई प्रतिनिधिको रुपमा सिफारिस गर्ने निर्णय गरिएको छ।

• एनआरएनए फाउन्डेसनलाई विदेशमा दर्ता गरि अन्तर्राष्ट्रिय रूपमा थप सुदृढ र गतिशिल बनाउन नेदरल्यान्ड्स (Netherlands) बाट दर्ता प्रक्रिया अगाडि बढाउन पुर्व कोषाध्यक्ष एवं प्रबक्ता फणिन्द्र पन्त र पुर्व सल्लाहकार शशी पौडेललाई जिम्मेवारीका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।

१५ . अन्तरसंस्थागत सहकार्य

• अन्तराष्ट्रिय फेडरेशन अफ रेडक्रस, चेम्बेर अफ कमर्स, ललितपुर उद्योग बाणिज्य संघ र we will rise foundation संग भएको सम्झौता स्वीकृत गर्ने र नेपाल ओलम्पिक कमिटी लगायतको सम्झौता पुनरावलोकन प्रक्रिया अघि बढउने निर्णय गरिएको छ।

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:१४ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...