back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ १६ शनिवार

495 

shares

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत

प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो
प्रेम गर्ने आज पागल दिवानाझैँ भयो

प्रेमको बन्धन थियो एक झट्कोमा टुट्यो
जातको पर्खाल हाम्रो सिमानाझैँ भयो

साथ जिउने साथ मर्ने कसम तोडी गयौ
रेटिएँ म यादमा मुटु निसानाझैँ भयो

काम खोज्दै गाउँ छाडी सहर लाग्छन् युवा
आज तिनको जिन्दगी कारखानाझैँ भयो

देशमा नेता खुबै मोजमस्ती गर्दछन्
देशको सम्पत्ति उनकै खजानाझैँ भयो

बहर : मदिद मुसम्मन सालिम
अर्कान : फाइलातुन् , फाइलुन् , फाइलातुन् , फाइलुन् ,
वजन : २१२२ – २१२ – २१२२ – २१२
काफिया बन्धन : आना
तहलिली रदिफ : झैँ
रदिफ : भयो
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ जेठ १६ शनिवार ०७:११ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...