back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ १६ शनिवार

1.2K 

shares

धनसिंह गिरि,दाङ

जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी
मक्ख पर्दै आज स्रष्टा सिर्जनामा छन् खुसी

राम्रो रचना गर्छु भन्ने ध्यान गर्दै रातदिन
लेखरचना गर्न खातिर साधनामा छन् खुसी

दूर बस्छिन् मेरी प्यारी भेट हुन्न आजकल
एक हुन् ती मात्र मेरो सम्झनामा छन् खुसी

दुःख पर्दा हामी हेर्छौँ खास जसले भन्दथे
ती मनुज नै आज मेरो वेदनामा छन् खुसी

धर्म गर्ने आज जो छन् मन लगाई रातदिन
बाबु आमा ईशको सब अर्चनामा छन् खुसी

बहर : रमल मुसम्मन महजुफ
वजन : २१२२ – २१२२ – २१२२ – २१२
काफिया : अना
तहलिली रदिफ : मा
रदिफ : छन् खुसी
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८३ जेठ १६ शनिवार ०७:०९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...