back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ साउन १६ शनिवार

240 

shares

जगदीश्वर पोखरेल
पाउँदीबजार लमजुङ
सम्प्रति- सन्तोषीनगर कलङ्की

सल्लो सुसायो
माया हुँदा कपटी
मन दुखायो ।१।

सङ्लो मर्स्याङ्दी
सलल बगेको छ
आफ्नै जिन्दगी ।२।

हावा चलेको
डाँडाकाँडा रसिलो
अम्बा फलेको ।३।

जान्न साउदी
जन्मभूमि पियारो
लाग्छ पाउँदी ।४।

सूर्य उदाए
बिहानमा चराले
भाका सुनाए ।५।

लेखौँ कविता
झललल धरती
झुल्किन् सविता ।६।

हेर सानीमा
खेले माछा असला
चिसो पानीमा ।७।

हुर्के पाखामा
डाँडाकाँडा घन्किए
लोक भाकामा ।८।

मनकामना
इच्छा पूरा गर्नुहोस्
गर्छु वन्दना ।९।

सेवा सर्कारी
आलू तामा बोडीको
मीठो तर्कारी ।१०।

वि.सं.२०८३ साउन १६ शनिवार ०८:०१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...