back
CTIZAN AD

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

वि.सं.२०८३ साउन १७ आइतवार

204 

shares

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ साहित्यकार नरनाथ लुइँटेलज्यूलाई प्रदान गरिएको छ ।

साउन १६ गते शनिवारका दिन भक्तपुर बुढ्यौली साहित्य समाजद्धारा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार चट्याङ मास्टरद्वारा आमाको नाममा स्थापना गरिएको उक्त पुरस्कार लुइँटेललाई प्रदान गरिएको हो ।

समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतित्व, प्रा.डा मुकेशकुमार चालिसेको प्रमुख आतिथ्य साथै चट्याङ मास्टर तथा आर. सी रिजाल विशिष्ट अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष वसन्ती भुजेलले गरेकी थिइन् । समाजका सदस्य रामशरण न्यौपानेबाट कविताबाटै स्वागत र सदस्य जुनू घिमिरेले खादाद्वारा स्वागत गरिएको थियो ।

समाजका अध्यक्ष कविराज घिमिरेबाट स्रष्टा चिनारी र सम्मानपत्र पढेर सुनाइयो । त्यसपछि प्रमुख अतिथिबाट दोसल्ला ओढाएर सम्मानपत्र साथै चट्याङ मास्टरबाट नगद रु २५,००० ।– प्रदान गरिएको थियो । लगत्तै सम्मानित व्यक्तित्वबाट आफूले अपेक्षा नराखेको विषयमा यसरी सम्मानित र पुरस्कृत हुन पाउँदा हर्ष लागेको बताउँदै संस्था र दातालाई धन्यवाद व्यक्त गरे । चट्याङ मास्टरद्वारा संस्थाले सही व्यक्तिको पहिचान गरी पुरस्कार अर्पण गरेकोमा खुसी व्यक्त गरे ।

आर .सी रिजालबाट पुरस्कृत व्यक्तित्वको बारेमा परिचर्चा गरिएको थियो ।

त्यसपछि भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको ३१ औँ संयुक्त रचनावाचन कार्यक्रम प्रारम्भ भयो जसअनुसार – केशवराज खनाल, राजेन्द्रकुमार बज्राचार्य, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, शिखनाथ ढकाल शिखरनाथ बेलकोटे कवि, श्याम माकजू, पदम दाहाल, विद्या अनामिका तिवारी, ठाकुरप्रसाद अधिकारी, मुकुन्दप्रसाव ढकाल, जुनू घिमिरे, धरणी धनञ्जय , उमा दाहाल, श्रीबहादुर के.सी, प्रमुना पौडेल, दुर्गा घिमिरे, एम.पी पाण्डे र कविराज घिमिरे लगायतले रचना वाचन गरेका थिए ।

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...