back
CTIZAN AD

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

वि.सं.२०८३ साउन १७ आइतवार

219 

shares

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले हरेक वर्षझैं यस वर्ष पनि ‘आरटीपी दशैं कप’ आयोजना गर्ने भएका छन्। आयोजक समितिले अगस्ट १ देखि खेलाडी दर्ता औपचारिक रूपमा खुला गरिएको जानकारी दिएको छ ।

सन् २०१७ देखि निरन्तर सञ्चालन हुँदै आएको आरटीपी दशैं कप नेपाली समुदायबीच खेलकुदमार्फत भाइचारा, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको हो । प्रतियोगिताको सुरुवातदेखि नै नेतृत्व गर्दै आएका विकास सापकोटाका अनुसार, दशैं कपले आरटीपी क्षेत्रमा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै समुदायलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यस वर्ष प्रतियोगितालाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनाउन १० टोली सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगिता सफल, व्यवस्थित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न १४ सदस्यीय आयोजक तथा टिम क्याप्टेन सम्मिलित समिति गठन गरिएको छ ।

समितिमा विकास सापकोटा, जीवन न्यौपाने, दीप रिसाल, टंक सेलिङ लिम्बु, मोहन सापकोटा, संयम लामिछाने, सन्तोष गौतम, विवेक लामा, प्रदीन मगर, सौरभ राज बिष्ट, निराजन कार्की, सुनील केसी, अशोक सुवेदी र अंकुर अधिकारी रहेका छन् ।
समितिका सदस्यहरूमध्ये मोहन सापकोटा सन् २०२५ को आरटीपी दशैं कप विजेता टोलीका कप्तानसमेत हुन् ।

आयोजक समितिका सदस्य जीवन न्यौपानेका अनुसार, यस वर्षको आरटीपी दशैं कपलाई विगतका वर्षभन्दा अझ सन्तुलित, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ ।

आयोजकले अगस्ट १ देखि खेलाडी दर्ता खुला गरिएको जानकारी दिँदै आरटीपी नर्थ क्यारोलाइना तथा वरपर बसोबास गर्ने नेपालीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।
प्रतियोगिताका लागि खेलाडी दर्ता शुल्क ३५ अमेरिकी डलर निर्धारण गरिएको आयोजक समितिले जनाएको छ।

 

वि.सं.२०८३ साउन १७ आइतवार ०९:०० मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...