back
CTIZAN AD

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

वि.सं.२०८३ साउन १७ आइतवार

159 

shares

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध नभए उपभोक्ताले नेपाल आयल निगमको हटलाइन नम्बरमा सिधै सम्पर्क गर्न सक्ने भएका छन्।

पछिल्ला केही दिनदेखि बजारमा खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार सार्वजनिक भएपछि नेपाल आयल निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई ग्याँस नपाए हटलाइनमा जानकारी गराउन आग्रह गरेको हो।

विज्ञप्तिमा १५.२ केजी क्षमताको सिलिन्डरको नियमित बिक्री–वितरण सुनिश्चित गर्न उद्योगहरूलाई निर्देशन दिइएको उल्लेख छ। साथै, उपभोक्ताले आफ्नो क्षेत्रमा ग्याँस नपाए सम्बन्धित ग्याँस उद्योगसँग सम्पर्क गर्न र आवश्यक परे निगमको हटलाइन ०१–५७१९०२७ (कार्यालय समयभित्र) मा जानकारी गराउन आग्रह गरिएको छ।

निगमले काठमाडौं उपत्यकामा बालाजु ग्यास, नेपाल ग्यास, प्रिमा ग्यास, श्रीकृष्ण ग्यास, बाबा ग्यास, श्रीराम ग्यासलगायतका उद्योगहरूले बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सम्बन्धित उद्योग परिसरबाट समेत प्रत्यक्ष बिक्री–वितरण गरिरहेको जनाएको छ।

निगमका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारित कोटाअनुसार ग्याँस उद्योगहरूलाई पर्याप्त परिमाणमा एलपी ग्याँस उपलब्ध गराइएको छ। निगमले बजारमा आपूर्तिको कुनै समस्या नरहेको दाबी गर्दै केही स्थानमा देखिएको अभाव वितरण व्यवस्थापनको कमजोरीका कारण हुन सक्ने जनाएको छ।

त्यसैगरी, उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगर्न तथा हल्ला र अफवाहको पछि नलाग्न निगमले आग्रह गरेको छ। निगमका अनुसार एलपी ग्याँसको आयात र आपूर्ति नियमित रहेकाले बजारमा अभाव हुने अवस्था नरहेको जनाएको छ।

 

वि.सं.२०८३ साउन १७ आइतवार १०:४४ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...