back
CTIZAN AD

डोल्पा एक्सप्रेस : भाडा शून्य !

वि.सं.२०८३ साउन १६ शनिवार

336 

shares

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो अनुभव भयो ।

काठमाडौंबाट सुरु भएको यात्रामा दाङको माटो छुने तपाईंको रहर र कतारबाट घर फर्कँदै गरेका भाइको खुशी पढ्दा मेरो आफ्नै विदेश बसाइ पनि सम्झना आयो । विदेश बसेर फर्किनेहरूलाई आफ्नो माटोको सुगन्ध कति प्यारो हुन्छ भन्ने राम्ररी थाहा हुन्छ । यात्रामा आएको “राम्री” भन्ने ठाउँको नाम पनि निकै रमाइलो लाग्यो । कुनै दिन म पनि त्यो ठाउँ पुग्ने इच्छा जाग्यो ।

“समयले समय नदिएपछि सोच्ने शक्ति पनि ह्रास हुँदै जाँदो रहेछ।” यो सुुन्दर वाक्यले केहीबेर सोच्न बाध्य बनायो । समयले हामीलाई दिएको सुुन्दर समयको पहिचान गर्न नभ्याउँदै भ्याइ सक्छ समयले हामीलाई ।
दामाचौरदेखि करपगार जाने जिपका चालकका कुरा पढ्दा लाग्यो—घरपरिवारको जिम्मेवारी आएपछि धेरैको दार्शनिकता पनि व्यवहारमै सीमित हुँदो रहेछ।

तपाईंले सन्तुष्टिको बारेमा लेख्नुभएको कुरा पनि मन छोयो । साँचो सुख बाहिर होइन, आफ्नै मनभित्र हुन्छ भन्ने सन्देश निकै राम्रो लाग्यो । आपँैmमा अन्तर्निहित त्यो पवित्रतालाई पाउँन भौतारिन्छ मान्छे कहाँ कहाँ । यस्ता विचारहरूले पुस्तकलाई अझ अर्थपूर्ण बनाएका छन् ।

जेठी श्रीमतीले श्रीमानको प्रतिक्षा गरिरहेकी र कान्छी श्रीमतीसँग बसेको अवस्थाको वर्णनले मन छोयो । त्यसमा लुकेको पीडा सहज रूपमा महसुस गर्न सकिन्छ ।

घुमेर पनि घुम्न जानेका रहेनछौँ हामीले । कुनै मन्दिरमा पुुग्दा समेत दर्शनको चटारो, दर्शन सक्ने वित्तिकै घरको परखाल हेर्ने हतारो, किन होला यसरी हतारिएका हामी ?

बेहुलालाई भेट्न हतारिएकी बेहुली जस्तै बाउली झरना, सायद बिर्सनुु भए जस्तो छ स्वयं रञ्जुुजीले बेहुुली हँुदाको नदि हुने कल्पना ।

नक्कले र झिल्के त फोक्सुण्डोमा हुँदै होलान्, किनभने मैले अहिलेसम्म देखेको छैन । तर तपाईंको शब्दचित्र पढ्दा लाग्यो, त्यहाँ ती मात्र होइन, अझ धेरै सुन्दर कुरा पनि होलान् ।

यो यात्रा हामीसम्म यति सरल र सहज रूपमा ल्याइदिनुभएकोमा धेरै धन्यवाद। तर यो यात्रा तपाईंका लागि भने सजिलो थिएन। बाटोका जोखिम, पहराबाट झर्ने ढुंगा, गाडी नपाइने चिन्ता, भीडमा यात्रा गर्नुपरेको अवस्था र पुगेपछि पनि राम्रो बस्ने ठाउँ नपाउनुजस्ता धेरै कठिनाइ तपाईंले भोग्नुभयो। तर ती सबै कठिनाइ आफैँले सहेर हामी पाठकलाई भने कुनै दुःखबिनै डोल्पा घुमाइदिनुभयो ।

त्यसैले यो पुस्तकको सबैभन्दा सुन्दर पक्ष यही लाग्यो—सबै चुनौती तपाईंले बेहोर्नुभयो, तर रमाइलो यात्रा गर्ने अवसर हामी पाठकले पायौँ ।

डोल्पा र फोक्सुण्डोको सुन्दरता शब्दमा उतारेर हामीलाई पनि त्यहाँ पुग्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद। आगामी यात्राहरू अझ सुन्दर, सफल र सम्झनलायक बनून् । धेरै धेरै शुभकामना ।

वि.सं.२०८३ साउन १६ शनिवार ११:१६ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...