back
CTIZAN AD

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

वि.सं.२०८३ जेठ ३१ आइतवार

366 

shares

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ ।

तीनकुनेको मन्डला ब्याङ्कवेट तीनकुनेमा सम्मेलनले सांस्कृतिककर्मी तथा कवि भीम कुमाखीलाई संयोजक र अष्ट लामालाई सहसंयोजकमा चयन गर्दै ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति र ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति गठन गरेको छ ।

प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।

प्रमुख अतिथि नेपालले नेपाली कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक जस्तो देखिए पनि नयाँ उत्साहका साथ अघि बढ्दै देश र जनताको पक्षमा काम गर्ने बताएका थिए । उनले कम्युनिस्टहरू आमूल परिवर्तनका संवाहक भएकोमा जोड दिँदै आन्दोलनभित्र देखा परेका अराजकता र कमजोरीबाट सचेत र सजग रहनुपर्ने विचार व्यक्त गरे । उनले पार्टी र सङ्गठन प्रति नयाँ पुस्तालाई विचारको आन्दोलनमा लाग्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

विशिष्ट अतिथि कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्य संयोजन समितिका सदस्य गङ्गानारायण श्रेष्ठले कम्युनिस्ट आन्दोलन, विश्व समाजवादी संस्कृति र नेपाली समाजवादी संस्कृति अहिले रक्षात्मक अवस्थामा पुगेको बताउँदै त्यसलाई प्रभावकारी र आक्रमक दिशातर्फ अघि बढाउनु पर्नेमा जोड दिए । उनले कला, साहित्य र संस्कृति सामाजिक परिवर्तनको महत्त्वपूर्ण माध्यम भएको बताए ।

सम्मेलनमा महासङ्घका इन्चार्ज चिरन पुनले विधान तथा प्रतिबद्धतापत्र प्रस्तुत गर्दै अबको प्रगतिशील सांस्कृतिक अभियान चारैतिर धारिलो ’चौमुखे’ तरवार जस्तै भएर उठ्नुपर्ने बताए । महासङ्घका सहइन्चार्ज उदय श्रेष्ठले स्वागत मनतव्यका क्रममा प्रगतिशील सांस्कृतिक आन्दोलनको ऐतिहासिक पक्षको चित्रण गर्दै टुटफुटबाट भन्दा पनि एकताबाट नै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई उचाइमा पुर्याउन सकिने बताए ।

सम्मेलनमा जनसांस्कृतिक महासङ्घका पूर्व इन्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेल आदिले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित महासङ्घका संयोजक भीम कुमाखीले लेखक र कलाकारहरूको एकता प्रकृयालाई सार्थक बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

सम्मेलनमा कलाकारहरू उदय श्रेष्ठ, झङ्कार बुढा, कर्ण विद्रोही, धनु ज्ञयामी, दीपक राई, एलिना, डम्बर रोकाया, पुजा श्रेष्ठलगायतले गीत प्रस्तुत गरेका थिए भने कवि राजाराम राउतले कविता सुनाए ।
जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य कुस्मा महरा ’प्रगति’ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

वि.सं.२०८३ जेठ ३१ आइतवार १४:२० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...