back
CTIZAN AD

असार १५ विशेष झिल्का कविता

वि.सं.२०८३ असार २० शनिवार

342 

shares

ईश्वर साउँद(भिक्षु)
रामाराेशन गापा ६ अछाम
सदूरपश्चिम प्रदेश


असारै महिनामा हिलो
राेप्न धान खेतमा
कदापि नगरौँ ढिलो।


अवस्था फेरिने दाउमा
अहोरात्र खट्छन् किसान
भ्रष्ट साहुको नाउँमा।


सबै बचाउने किसान
सारा मानिस जोगाउने
राखौँ किसानको मान।


कुरा गरेर होइन
अब काम चाहिन्छ
अवस्था पहिलेझैँ रहिन।


कृषि र किसान
हुन् हाम्रा सम्पत्ति
हुनुपर्छ यिनको मान।


गमलामा धान राेपेर
सरकार प्रगति गर्याे
समस्यामा समस्या थपेर।


जन्मायौ समस्या आफैँले
ठूलो भएर देशको
सुध्रिएको देखिनंँ मैले ।


शुभकामना असार पन्ध्रको
सप्रियोस् सबै खेतीबारी
दिन आउन हर्षको ।


हलाे र जुवा
हुन् गहना किसानको
बुझिदेऊ न सुवा।

१०
रमाउँदै असार पन्द्रमा
छुपुछुपु रोपौँ धन
गएर साथीभाइ पर्ममा !

वि.सं.२०८३ असार २० शनिवार ०९:२४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...