back
CTIZAN AD

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

वि.सं.२०८३ असार २० शनिवार

381 

shares

कनकधारा स्वामी स्वदेशानन्द
गुवाहाटी,असम

ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,
ढाँटोस् लुटोस् सधैऺ भन्छ मेरो जाति समाजले|
सत्यऺ जनविरोधाय असत्यऺ जनरञ्जने,
भने जति सबै मान्छ मेरो जाति समाजले||०१||

ढाँटेकै रसिलो राम्रो मेरो जाति समाजमा,
ढाँट्ने नै गतिलो हुन्छ मेरो जाति समाजमा।
ढाँट्नेमैऺ छ ठुलो आस्था ढाँट्नेमैऺ छ समर्पण,
ढाँटै हुन्छ सधैऺ पूज्य मेरो जाति समाजमा।|०२||

ढाँट्ने उद्देश्यले आए मेरो जाति समाजमा,
हुन्छ स्वागत सम्मान मेरो जाति समाजमा।
देखाई कृष्णको फोटो मुहम्मद पुजे पनि,
ठूलो सनातनी हुन्छ मेरो जाति समाजमा।|०३|

तर्क सर्क छँदै छैन मेरो जाति समाजमा,
भेडोझैऺ जनता लाग्छन् मेरो जाति समाजमा।
ढाँट्नेकै भरमा हुन्छन् विद्वान् ज्ञानी गुनी पनि,
ढाँट्नेकै आरती हुन्छ मेरो जाति समाजमा।|०४||

ढाँट नै बस्छ सत्तामा ढाँटकै उच्च आसन,
ढाँट नै गतिलो गर्छ गरिमामय भाषण|
पितृका नाउँमा ढाँटोस् ढाँटोस् कृष्ण भनीकन,
ढाँट्नेकै गुण गाइन्छ मेरो जाति समाजमा।|०५||

ढाँटोस् साहित्यमा ढाँटोस् कला सङ्गीतमा पनि,
ढाँटोस् पौवा र पाटीमा ढाँटोस् उब्जनीमा पनि|
ढाँटोस् बजार बस्तीमा ढाँटोस् बेँसी र लेकमा,
ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा।|०६||

छन्द : अनुष्टुप

वि.सं.२०८३ असार २० शनिवार ०९:२७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...