back
CTIZAN AD

कविता : पीडाका अगुल्टाहरू

वि.सं.२०८३ असार २० शनिवार

369 

shares

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ

बन्दुक बोकाएर लगेका
मेरा बा फर्किएनन्
पर्खिएर बसेकी आमाको आँखामा
हाम्रो झुपडीभित्रको टुकी
निभ्दैन
अँगेनु निदाउँदैन

तपक्क
तपक्क चुहिन्छन्
बटुकीमा पानी र शीतका थोपा
उस्तैगरी
तपक्क खस्छ आमाको आँखा
भुँईमा नपुग्दै सुक्छ

उस्तैगरी सल्किन्छ
चुलोमा आमाको मुटु

बुझेको हुन्छु
आमा खोल्दिनन् कराहीको ढक्कन
पाक्दैनन्
गट्टी खेल्ने बगरका ढुङ्गा

काखमै खेल्दा खेल्दै
आमा आमा भोक लाग्यो भन्दाभन्दै
मेरा परेला जोडिन्छन्
ओठ जोडिन्छन् र मारिन्छ भोक
तर
म व्युँझिदा पनि
आमाको आँखामा
अनिदो बसेको हुन्छ रात

म स्वयं भेउ पाउदिन
कहाँ कहाँ छन्
मातृमन जलाउने अगुल्टाहरू
आमा भनन् !
मैले निभाउन
बारुद नै बोक्नु पर्छ र ?

वि.सं.२०८३ असार २० शनिवार ०९:१९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...