back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार २० शनिवार

732 

shares

अनुराग अरुण, लुभु , ललितपुर

तिमी याद आयौ भने के हुने हो
हियामा दुखायौ भने के हुने हो

सुराझैँ छ तिम्रो नजर मात लाग्ने
छुरा झन् मिसायौ भने के हुने हो

म तारा सगरको तिमी जून मेरी
अचानक हरायौ भने के हुने हो

नजाऊ भनी हात मैले समात्दा
नबोली लजायौ भने के हुने हो

तिमीलाई पीडा थियो भन्न मैले
कुरामै भुलायौ भने के हुने हो

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान- फऊलुन् , फऊलुन्, फऊलुन्, फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आयौ
रदिफ : के हुने हो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ असार २० शनिवार ०९:१९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...