back
CTIZAN AD

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

वि.सं.२०८३ असार २१ आइतवार

282 

shares

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।

सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ।

विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका छन् ।

हुथी विद्रोहीहरू सन् २०१५ देखि सरकारसँग युद्धमा छन् । यो द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ।

विद्रोहीहरूले यमनको राजधानी सानालगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ।

दुवै पक्षबीचको लडाई सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको युद्धविरामपछि ठूलो रूपमा रोकिएको थियो ।

शुक्रबार हुथी विद्रोहीहरूले एक्कासी साउदी अरबका विमानस्थल र महत्वपूर्ण सम्पत्तिहरूलाई लक्षित गर्ने चेतावनी दिएका थिए । साउदी अरब यमनको अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारको प्रमुख समर्थक हो । सन् २०१५ पछि हुथी समूहले सानालगायत देशको ठूलो भाग कब्जा गरी सत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथीविरुद्धको लडाइँमा सहयोग पु¥याएको थियो ।

इरानको ‘प्रतिरोधको एकाइ’ को भाग मानिने यो विद्रोही समूह इजराइल र अमेरिकाविरुद्ध इरानको पक्षमा छ । उनीहरूले साउदी अरबले एउटा इरानी विमान अवतरण गर्न रोक्न खोजेको आरोप लगाएका छन् ।

वि.सं.२०८३ असार २१ आइतवार १६:४५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...