back
CTIZAN AD

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार

1.1K 

shares

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा पुस्तक विमोचन एवम् झिल्का वाचन कार्यक्रम सम्पन्न भएको छ ।

समाजमा अध्यक्ष वसन्त अनुभवको सभापति र नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू आवाज, अनुभव र आँगन विमोचन भएका थिए ।

विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहेका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त कृति  ‘आवाज’ झिल्का कवितासङ्ग्रहको  अरुण बहादुर खत्री ‘नदी’ ले गरेका थिए भने सुरेशकुमार पाण्डेको ‘आँगन’ झिल्का कविता सङ्ग्रहको समिक्षा अनुराग अरुणले गरेका थिए ।

त्यसैगरी वसन्त अनुभवको ‘अनुभव’ झिल्का कविताको समिक्षा प्रमोद नेपालले गरेका थिए ।

कार्यक्रममा कृति निकाले वापत ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३ ’ बाट झिल्काकार सुरेशकुमार पाण्डेलाई सम्मानित गरेको थियो भने झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पु¥याए वापत झिल्का साहित्य समान २०८३ ‘ द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरिएको थियो ।

त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । साथै उक्त अवसर दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो त्यपभल या ीयखभ प्रदान गरिएको थियो ।

पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले सबै अथितिलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रमको विशिष्ट अतिथिमा कवि एवम् साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता के.सी. थिइन् भने विशेष अतिथिमा नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसार÷कविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठ, कपिल अज्ञात, यमुना प्रधानाङ्ग मुना, कर्ण दयाल ‘सोराडी’, शशीश्री आचार्यको सहभागिता थियो ।

त्यसैगरी अतिथिहरूमा कृष्ण कुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, रामप्रसाद पुरी, चुडामणि देवकोटा, कृष्ण बहादुर बजगाईँ, सन्दीप बि.क., सुरेशकुमार पाण्डे, रबिता महर्जन, प्रमोद नेपाल लगायतका स्रष्टाहरू थिए ।

कार्यक्रममा घनश्याम पन्त, लता के.सी. सञ्जय सोती, अर्जुन प्रसाद चौलागाईँ, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गरेका थिए ।
कार्यक्रमको संचालन झिल्काकार दीपा गुरुङ समभावद्धारा कार्यक्रमको सञ्चालन गरिएको थियो ।

वि.सं.२०८३ जेठ १८ सोमवार ०८:२६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...