back
CTIZAN AD

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

वि.सं.२०८३ जेठ १३ बुधवार

3.8K 

shares

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिताको सुनिश्चितता’ भन्ने नाराका साथ जेठ १६ गते काठमाडौँमा एकता राष्ट्रिय भेला गर्ने भएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको यो महत्वपूर्ण जनसंगठनले गत कार्तिक १९ गते विभिन्न १० कम्युनिस्ट घटकको एकतापछि पार्टीमा जारी एकतालाई निरन्तरता दिँदै आफ्नो संगठनमा पनि एकता प्रक्रिया अघि बढाएको जनाएको छ।

संगठनका संयोजक दामा शर्माका अनुसार काठमाडौँको चक्रपथस्थित अरिकल भेन्युमा जेठ १६ गते बिहान ११ बजे हुने उक्त भेलामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

देशभरबाट करिब पाँच  सय महिलाको सहभागिता रहने अनुमान गरिएको छ। भेलापछि संगठनले देशभर संगठनको एकता, समायोजन र विस्तारको काम गर्ने तथा महिलाको आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिता सुनिश्चित गर्न पहलकदमी गर्ने जनाएको छ।

भेलाको पूर्वसन्ध्यामा १८औँ गणतन्त्र दिवसको सन्दर्भमा जेठ १५ गते साँझ ६ बजे माइतिघर मण्डलामा दीप प्रज्वलित गरिने संगठनले जानकारी दिएको छ। 

प्रेस विज्ञप्तिमा शहादत प्राप्त गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा योगदान दिने सबै महिला नेताहरूलाई स्मरण गरिएको छ।

भेलाले एकता प्रक्रियामा जोडिएका सबै महिला संगठनलाई एकीकृत गरी संगठनको कामलाई अघि बढाउने विश्वास लिइएको छ।

वि.सं.२०८३ जेठ १३ बुधवार १९:५१ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...