back
CTIZAN AD

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार

324 

shares

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड प्योर डर्माले नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले सोमबार ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्योर डर्मा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको जानकारी दिँदै नेपाली उपभोक्तामाझ गुणस्तरीय तथा वैज्ञानिक रूपमा परीक्षण गरिएका छाला स्याहार उत्पादनको माग बढ्दै गएको बताए । यही आवश्यकतालाई ध्यानमा राखेर प्योर डर्माका उत्पादन नेपालमा ल्याइएको उनको भनाइ थियो ।

कम्पनीले सार्वजनिक गरेका उत्पादनमध्ये छालाको स्याहार, हात–खुट्टाको संरक्षण, बालबालिकाको छाला सुरक्षा तथा सौन्दर्य प्रवद्र्धनसँग सम्बन्धित विभिन्न उत्पादन रहेका छन् । कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकता पूरा गर्ने गरी विकास गरिएका हुन् ।

सीईओ पाठकले प्योर डर्माका उत्पादनहरू गुणस्तर, वैज्ञानिक परीक्षण, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बजारमा उपलब्ध अन्य उत्पादनभन्दा फरक रहेको दाबी गरे । उनले नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर उत्पादनहरू बजारमा ल्याइएको बताए ।

कम्पनीका उत्पादनहरू देशभरका आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध हुने जनाइएको छ । साथै निकट भविष्यमा देशव्यापी पहुँच विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

पत्रकार सम्मेलनमा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्ने फाइदाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चारकर्मी, सौन्दर्य तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

१५ वटा उत्पादनको एकसाथ सार्वजनिकरणसँगै प्योर डर्माले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका छाला स्याहार तथा व्यक्तिगत स्याहारसम्बन्धी समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

वि.सं.२०८३ जेठ २० बुधवार १३:२२ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...