back
CTIZAN AD

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

वि.सं.२०८३ असार ८ सोमवार

477 

shares

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन वैज्ञानिक योग केन्द्रमा विविध कार्यक्रमका साथ योग दिवस भव्य रूपमा मनाइएको छ।

वि.सं. २०४३ सालमा स्थापना भएको विशाल मिलन केन्द्र परिसरमा सञ्चालित यस योग केन्द्रमा वर्षभरि प्रत्येक बिहान ५ बजेदेखि ७ बजेसम्म ध्यान, योगासन तथा प्राणायामको नियमित साधना हुँदै आएको छ। योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधारका रूपमा स्थापित गर्दै आएको केन्द्रले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो।

योग केन्द्रका संरक्षक डा. दीपक आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा योग साधकहरूले विभिन्न योगासन प्रस्तुत गर्दै योगको महत्व र प्रभावकारिता प्रदर्शन गरेका थिए। कार्यक्रममा केन्द्रका योग साधक शंकर सुवेदीले योगको आध्यात्मिक र जीवनोपयोगी पक्ष समेटिएको कविता वाचन गरेर सहभागीहरूको ध्यान आकर्षित गरेका थिए।

यसै अवसरमा योग साधिका शोभा केसी र श्रीजला अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको थियो। योग चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको उक्त गीतका शब्द डा. विज्ञान भिक्षुले रचना गरेका हुन् भने संगीत बुद्ध शायमीले दिएका छन्।

कार्यक्रममा श्रीत्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रकी महासचिव निर्मला श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष तथा समाजसेवी अच्युत प्रसाद सापकोटा तथा विशाल मिलन वैज्ञानिक योग केन्द्रका महासचिव राजेश शर्माले योग दिवसको शुभकामना व्यक्त गर्दै योगको महत्वबारे आफ्ना विचार राखेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका वडा नं. ४ की वडा सदस्य सरु अधिकारीले योग केन्द्रले समाजमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको महानगर बजेटमार्फत केन्द्रलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ। योगको विश्वव्यापी महत्व र मानव स्वास्थ्यमा यसको योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने परम्परा रहिआएको छ।

योग, ध्यान र प्राणायाममार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित विशाल मिलन वैज्ञानिक योग केन्द्रले योग संस्कृतिको संरक्षण र विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

वि.सं.२०८३ असार ८ सोमवार १३:०९ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...