back
CTIZAN AD

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

वि.सं.२०८३ असार ८ सोमवार

195 

shares

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष सबैभन्दा बढी धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।

बागबानी विकास अधिकृत विश्वकर्माका अनुसार रौतहटमा १७ हजार २९२ हेक्टरमा प्रतिहेक्टर ३.०५ मेट्रिक टनका दरले ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.५४ मेट्रिक टनका दरले ६९ हजार ५९६ मेट्रिक टन र महोत्तरीमा २७ हजार हेक्टरमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

त्यसैगरी सप्तरीमा २९ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.८ मेट्रिक टनका दरले ८२ हजार ३२० मेट्रिक टन, बारामा २९ हजार हेक्टरमा प्रतिहेक्टर २.४८ मेट्रिक टनका दरले ७१ हजार ९२० मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ५९ हजार ८५२ मेट्रिक टन र सिरहामा १४ हजार १७६.४८ हेक्टरमा प्रतिहेक्टर २.५१ मेट्रिक टनका दरले ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो ।

प्रतिकूल मौसम, रोग कीराको प्रकोप र सिँचाइ तथा गुणस्तरीय बीउबिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो ।

वि.सं.२०८३ असार ८ सोमवार १२:४६ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...