back
CTIZAN AD

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

वि.सं.२०८३ साउन १६ शनिवार

129 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माले आगामी अगस्टमा आयरल्यान्ड र चीनमा आयोजना हुने युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनलाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन सबै सरोकारवालालाई सक्रिय सहयोग गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्व पदाधिकारीलाई सम्बोधन गर्दै उनले अगस्ट १०–११ मा आयरल्यान्डको डब्लिन र अगस्ट १५–१६ मा चीनको ग्वाङझाउमा हुने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी  दिएका छन्।

डा. शर्माका अनुसार सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, प्रमुख राजनीतिक दलका सांसद, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार, एनआरएनएका वर्तमान तथा पूर्व पदाधिकारी र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहनेछ।

दुवै क्षेत्रीय सम्मेलनको कार्यक्रमको प्रोग्रामको तयारी भइरहेको र सबैलाई कुनै न कुनै भूमिका प्रदान गर्ने आयोजक समितिको चाहना रहेकोले कार्यक्रममा उपस्थित हुने वा नहुने जानकारी कृपया दुई दिनभित्र उपलब्ध गराइदिन आग्रह गरेकाा छन् ।

अध्यक्ष शर्माले सम्मेलनमा सहभागी हुने वा नहुने जानकारी समयमै उपलब्ध गराउन, नाम दर्ता गर्न बाँकी रहेकाले यथाशीघ्र दर्ता गर्न, हालै मनोनयन भएका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन तथा प्रत्येक एनसीसीबाट आधिकारिक प्रतिनिधि पठाउन आग्रह गरेका छन्।

सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, लगानी, प्रविधि हस्तान्तरण, दोस्रो पुस्ताका गैरआवासीय नेपाली, युवा तथा महिला सहभागिता, आप्रवासन, युरोप र एसिया–प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीका समस्या, चुनौती, अवसर र सम्भावना, संघको नयाँ निर्वाचन प्रणाली तथा संस्थाको पुनः ब्रान्डिङलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ। साथै, विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूबीच अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासको साझेदारी तथा भावी कार्यदिशाबारे समेत विमर्श गरिने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

त्यस्तै, सम्मेलन सफल बनाउन स्पोन्सरशिपको प्रतिबद्धता जनाउन बाँकी रहेका एनसीसी, आईसीसीका पदाधिकारी तथा शुभचिन्तकलाई सहयोगका लागि आह्वान गर्दै सम्मेलनलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र सल्लाह सम्बन्धित क्षेत्रीय समितिलाई उपलब्ध गराउन पनि उनले अनुरोध गरेका छन्।

वि.सं.२०८३ साउन १६ शनिवार १४:५३ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...