back
CTIZAN AD

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

वि.सं.२०८३ साउन १७ आइतवार

72 

shares

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ शक्ति संघर्ष सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने तयारी भइरहेको चर्चा एमालेभित्रै चुलिएको छ।

पार्टीभित्र गठबन्धनसम्बन्धी निर्णय कार्यान्वयन नगरेको, नेतृत्वसँग पर्याप्त समन्वय नगरेको तथा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाउँदै केही सांसदले कार्कीविरुद्ध मोर्चाबन्दी सुरु गरेका हुन्। त्यसका लागि आवश्यक परे उनीहरु अविश्वास प्रस्तावको प्रक्रियामा जाने तयारी भइरहेको स्रोतको भनाइ छ।

उक्त समूहले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई दलको नेताबाट हटाउने तयारी गरेको  स्रोतहरूको दाबी छ। तर दलको नेता फेर्न त्यक्ति सजिलो छैन । संसदीय दलको विधानअनुसार दलको नेता हटाउन कायम सदस्य संख्याको दुई तिहाइ बहुमत आवश्यक पर्छ।

यद्यपि कार्की पक्षले भने पार्टीको संस्थागत निर्णयबिना आफूले राजीनामा नदिने स्पष्ट अडान लिएको जनाएको छ।

विधानको दफा ७ अनुसार दलको नेता राजीनामा दिएमा, दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित भएमा, प्रदेशसभा सदस्य नरहेमा, निलम्बित भएमा वा निधन भएमा मात्रै पद रिक्त हुने व्यवस्था छ। त्यसैले आवश्यक संख्या नपुगेसम्म कार्कीलाई दलको नेताबाट हटाउन कानुनी रूपमा कठिन हुने देखिएको छ।

त्यसका लागि एमाले कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव शेरधन राईले दौडधुप सुरु गरेका छन् । उनले प्रदेश अध्यक्ष घनश्याम खतिवडासँगै राई विराटनगर पुगेर समर्थन जुटाउन अन्य प्रदेश सदस्यहरूसँग व्यक्तिगत भेटघाट गरिरहेको पनि स्रोतले जनाएको छ।

स्रोतका अनुसार आवश्यक समर्थन नपुगे अध्यक्ष केपी शर्मा ओली स्वयंले पनि सांसदहरूसँग टेलिफोन संवाद गरिरहेको चर्चा एमालेभित्र चलिरहेको छ।

कसलाई बनाउने तयारी छ त ?
एमालेभित्र अध्यक्ष ओलीले हिक्मत कार्कीको स्थानमा ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेको चर्चा आएको छ। विराटनगरमा बहुमत सांसद सहभागी बैठकमार्फत नेतृत्व परिवर्तनबारे छलफल भइरहेको स्रोतको दाबी छ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससंगै  प्रदेश सरकार  पुनर्गठनको गृहकार्य पनि अघि बढेको छ ।

आफू विरुद्ध जाने कसैलाई पनि बाँकी नराख्ने ओली चरित्रका कारण प्रदेश संसदमा देखिएको यो राजनीति स्थानीयस्तरमा समेत प्रभाव पार्ने एक स्थानीय नेताले बताए । स्रोतका अनुसार पछिल्लो समय हिक्मत कार्की पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितको धारसँग निकट देखिएपछि अध्यक्ष ओली उनीप्रति असन्तुष्ट बनेको टिप्पणी गरिएको छ।

यसअघि अध्यक्ष ओलीले बागमती प्रदेशमा जगन्नाथ थपलियालाई हटाएर किरण थापालाई नेतृत्वमा ल्याउने प्रयास गरेका थिए। तर प्रदेश र जिल्ला तहका नेताहरूको विरोधपछि त्यो योजना रोकिएको थियो। त्यसपछि ओलीको ध्यान कोशी प्रदेशतर्फ केन्द्रित भएको बताइन्छ।

लुम्बिनीमा पनि ओलि पक्षधरले मुख्यमन्त्री चेतनारायण आचार्यको स्थानमा अर्को नेतृत्व ल्याउने प्रयास भएको तर व्यापक असन्तुष्टिको संकेत देखिएपछि त्यसलाई तत्कालका लागि स्थगित गरिएको स्रोतले जनाएको छ।

यी घटनाहरुले एमालेभित्र नेतृत्व व्यवस्थापन, गुटगत शक्ति सन्तुलन र प्रदेश सरकार सञ्चालनलाई लिएर मतभेद गहिरिँदै गएको संकेत गरेको छ। यदि दलभित्र सहमति नजुटे नेतृत्व परिवर्तनको प्रयासले पार्टीभित्र थप ध्रुवीकरण निम्त्याउन सक्ने विश्लेषण भइरहेको छ।

वि.सं.२०८३ साउन १७ आइतवार १६:५५ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...