back
CTIZAN AD

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

वि.सं.२०८३ साउन १६ शनिवार

189 

shares

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउँदै दुवै देशबीचको परम्परागत मित्रतालाई नयाँ उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको जनाएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा दूतावासले चीनले नेपालसँगको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य साझेदारीलाई थप अघि बढाउन तत्पर रहेको जनाएको छ।

सन्देशमा दुवै देशबीचको सहकार्यलाई थप विस्तार गर्दै त्यसबाट दुई देशका जनताले अझ बढी लाभ लिन सक्ने वातावरण निर्माणमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

दूतावासले विगत ७१ वर्षमा नेपाल–चीन सम्बन्ध दिगो मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यका माध्यमबाट निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरेको छ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध सन् १९५५ (वि.सं. २०१२) मा स्थापना भएको थियो। त्यसयता दुई देशबीच राजनीतिक, आर्थिक, सांस्कृतिक तथा विकास साझेदारीका विभिन्न क्षेत्रमा सहकार्य निरन्तर विस्तार हुँदै आएको छ।

वि.सं.२०८३ साउन १६ शनिवार १४:२४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...