back
CTIZAN AD

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

वि.सं.२०८३ साउन १६ शनिवार

213 

shares

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई संयम अपनाउन र सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ।

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका सोमकुमार तामाङको निधन भएपछि राजदूतावासले विज्ञप्ति जारी गर्दै सबै नेपालीलाई सतर्क रहन अनुरोध गरेको हो। आक्रमणमा सवारी चालकका रूपमा कार्यरत तामाङको ज्यान गएको पुष्टि गर्दै राजदूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

राजदूतावासले स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ।

राजदूतावासले मध्यपूर्वमा जारी अस्थिरता र युद्धको अवस्था लम्बिन सक्ने संकेत देखिएकाले त्यहाँ कार्यरत नेपाली श्रमिक, व्यवसायी तथा सम्पूर्ण नेपाली समुदायलाई स्थानीय सरकारले जारी गरेका सुरक्षा निर्देशन र मापदण्डको पूर्ण पालना गर्न, सुरक्षित स्थानमा रहन तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

साथै, आपसी सहयोग, सद्भाव, सहानुभूति र एकताको भावना कायम राख्दै सम्भावित चुनौतीहरूको सामूहिक रूपमा सामना गर्न सबै नेपालीलाई अपिल गरिएको छ।

वि.सं.२०८३ साउन १६ शनिवार १३:३६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...